arrow

नेकपाको दाहाल-नेपाल समूहले अन्य दलहरुसँग अन्तरक्रिया गर्ने

प्रतिनिधि सभा विघठन र राजनीतिक ‘कु’ बिषयमा अन्तरक्रिया

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २२ बुधबार
dahal-nepal1.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संसद विघटनकोे विरोधमा सडक संघर्ष सुरु गरेको नेकपा प्रचण्ड–नेपाल समूहले विभिन्न राजनीतिक दलहरुसँग सामूहिक अन्तरक्रिया गर्ने भएको छ । केन्द्रीय संघर्ष समितिको आयोजनामा सदनमा रहेका सवै राजनीतिक दलका शीर्ष नेताहरुसँग प्रतिनिधि सभा विघठन र राजनीतिक ‘कु’ बिषयक अन्तरक्रिया कार्यक्रम राखिएको प्रचण्ड –नेपाल समूह संघर्ष समितिका सचिव डा विजय पौडेलले बताए । ‘हामीले सबै राजनीतिक दलका अध्यक्ष तथा सभापतिलाई अन्तरक्रियामा निमन्त्रणा गरेका छौँ । यो विषय सबैको साझा विषय भइसकेको छ,’ उनले भने । 

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र निर्वाचनको घोषणा गरेकी थिइन् । त्यसपछि नेकपाको प्रचण्ड–नेपाल समुह, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका सबै दलहरु आन्दोलनका कार्यक्रम लिएर सडकमा गएका छन् । संसद विघटन असंवैधानिक तथा आलोकतान्त्रिक भन्दै संसद सुचारु नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएका छन् ।

प्रचण्ड–नेपाल समूह अहिले दोस्रो चरणको आन्दोलनका कार्यक्रम लिएर सडक संघर्षमा रहेको छ । कांग्रेस लगायतका दलहरुसँगको सहकार्यमा सडक संघर्षमा जान खोजेपनि संयुक्त संघर्षमा कांग्रेस र जसपाले रुची नदेखाएपछि सो समूह एक्लै आन्दोलनका कार्यक्रम लिएर अघि बढेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ