arrow

अलि पे र विच्याट लगायतका ८ चिनियाँ एपमा ट्रम्पले लगाए प्रतिबन्द

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
dronaldtrumps.jpeg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठ चिनियाँ एपहरुसँगको कारोबार बन्द गर्ने एक निर्देशनमा हस्ताक्षर गरेका छन् ।

अत्याधिक बजार एवं चर्चित अनलाइन भुक्तानी प्लेटफर्म अलि पे, विच्याट, क्युक्यु वालेटलगायतका आठ एपसँगको कारोबारमा ट्रम्पले प्रतिबन्ध लगाएका हुन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा खतरा भएको भन्दै ट्रम्पले यी एपमाथि प्रतिबन्ध लगाएका हुन् । यो निर्देशन कार्यान्वयनमा आउन भने ४५ दिन लाग्नेछ ।

टेन्सेन्टक्युक्यु, क्यामस्क्यानर, सेयरइट, भीमेटलगायतका एपहरु समेत प्रतिबन्ध गरिएको हो ।

चिनियाँ एपहरुले स्मार्टफोनको पहुँचबाट अमेरिकी कर्मचारी एवं नागरिकहरुको व्याक्तिगत सूचना चीनको खतरामा रहेको ट्रम्पले बताएका छन् । टिकटक र चिनियाँ टेलिक्युनिकेसन कम्पनी समेत अमेरिकी दबाबमा रहेको छ ।एजेन्सी



नयाँ