arrow

गुल्मी र पाल्पाका शिक्षकहरुका लागि १० दिने टिपिडी तालिम

logo
कौरव खत्री, 
प्रकाशित २०७७ पुष २४ शुक्रबार
135835650_448041426219556_5.jpg

गुल्मी । शिक्षा तालिम केन्द्र रुपन्देही, लुम्बिनी प्रदेशको आयोजनामा टिपिडी ढाँचामा आधारित एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम शिक्षा तालिम केन्द्र पाल्पामा सम्पन्न भएको छ । बिहीबार तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि शिक्षा  विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले तालिमको प्रभाव कक्षाकोठामा पर्नु पर्ने भन्दै शिक्षकले आफ्नो ठाउँबाट सुधार गर्न लाग्नु पर्नेमा जोड दिएका थिए ।   

शिक्षा तालिम केन्द्र रुपन्देही शाखा कार्यालय पाल्पाका प्रशिक्षक गोपाल प्रसाद बस्यालले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गदै टिपिडि ढाँचामा आधारित एकीकृत पाठ्यक्रममा आधारित तालिमको प्रभावकारिता बारेमा प्रकाश पारेका थिए । 

समापन समारोहमा टिपिडी तालिममा सहभागीको तर्फबाट कृष्ण पंगेनी र हुमा ज्ञवालीले टिपिडि ढाँचामा आधारित एकीकृत पाठ्यक्रम सम्वन्धित शिक्षक तालिम समग्र रुपमा समय सान्र्दभिक रहेकोले शिक्षकहरुको लागि तालिम फलदायी र निकै प्रभावकारी रहेको बताएका थिए । 

साथै गत पुस १४ देखि १० दिनसम्म सञ्चालन भएको टिपिडी तालिममा गुल्मीबाट १७ जना र पाल्पाबाट १० गरि जम्मा २७ जना शिक्षक–शिक्षिका सहभागी भएका थिए । सबै प्राथमिक तहमा अध्यापन गराउने शिक्षक तथा शिक्षिकाहरुको तालिममा सहभागिता रहेको हो ।

तालिममा आधारभूत तह कक्षा (१–३) को पाठ्यक्रम शिक्षकको पेसागत विकास (टिपिडी) ढाँचामा आधारित एकीकृत पाठ्यक्रम अन्तर्गत मेरो नेपाली, मेरो गणित, हाम्रो सेरोफेरो र मेरो अंग्रेजी विषयमा प्रशिक्षक गोपालप्रसाद बस्याल, प्रशिक्षक मनोज सिर्मलले तालिमको सहजीकरण गरका थिए । 

तालिमको समापन समारोहको सञ्चालन भने तालिम केन्द्रका लेखापाल सुरेशमान बुद्धचार्यले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ