arrow
ADVERTISEMENT

प्युठानमा एक सातामा ३१७ जना कांग्रेसमा प्रवेश

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २५ शनिबार
party-pravesh-pyuthan.jpg

प्युठान। नेपाली कांग्रेस प्युठान जिल्लाको 'गाउँ जाउँ, गाउँमै रमाउँ, समय संगठनमा लगाउँ' अभियानले निरन्तर पाइरहेको छ । पछिल्लो पटक यो अभियानलाई विकट बस्ती र टोलसम्म पुर्याउने योजना पार्टीले बनाएको छ ।

पछिल्लो पटक सरुमारानी, गौमुखी, ऐरावती र मल्लरानी गाँउपालिकाका विकट बस्तीमा पुगेको कांग्रेसको अभियानमा एकसातामा ३ सय १७ जना पार्टी प्रवेश गरेको नेपाली कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले बताए । उनका अनुसार नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्राध्यापक डा. गोविन्दराज पोख्रेल, पार्टी सभापति अमर भण्डारी, पुर्व सभापति शालिग्राम पण्डित, सुवास केसी, गाउँपालिका अध्यक्ष विष्णु गिरी, शिव रिजाल, नविलविक्रम शाह लगाएतको टोली अभियानमा खटेको छ ।

शुक्रबार गौमुखि गाउँपालिकाको दलित बस्ती बाग्लीबाङमा आयोजित कार्यक्रममा १८६ घरको गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै सरुमारानी, ऐरावती, नौवहिनी र माण्डवी गाउँपालीकामा समेत ठूलो संख्यामा कांग्रेसमा प्रवेश गरेको पार्टी सभापति अमर भण्डारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ