arrow

रिलिज अघि 'केजिएफ च्याप्टर २' को कथा लिक, यश र सञ्जय दत्तबीच युद्ध

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
kgf.jpg

काठमाडौं । लामो प्रतिक्षापछि फिल्म 'केजिएफ' को दोस्रो सिक्वेल 'केजिएफ च्याप्टर २' पर्दामा रिलिज हुदैछ । दर्शकहरु चलचित्रको उत्सुकताका साथ पर्खाइमा रहेका छन् । यस अघि पहिलो सिक्वेल 'केजिएफ' ले राम्रो व्यापार गरेको थियो ।  फिल्मको पहिलो भाग हिन्दी भाषामा धेरै सफल भयो।

फिल्मका नायक रकस्टार यश को जन्मदिन पारेर जनवरी ७ मा टिजर रिलिज गरिएको थियो । रिलिज भएको चार दिनमा सो टिजर १३ करोड बढिले हेरेका छन् । यसैबाट दर्शकको उत्सुकतालाई बुझ्न सकिन्छ ।  निकै प्रतिक्षामा रहेको फिल्ममा सञ्जय दत्तको पनि अभिनय पनि देख्न सकिनेछ। उनको भयंकर खलनायक अवतारलाई पनि टिजरमा थोरै समेटिएको छ ।

फिल्मको पहिलो सिक्वेल सकिएकै स्थानबाट केजिएफ च्याप्टर २ को कथा सुरू हुनेछ । कथामा, अभिनेता यशको चरित्र रकीले आफ्नो मर्न लागेकी आमालाई उनी पनि गरिबीमै आफ्नो प्राण त्याग्ने छैनन् भनेर प्रतिज्ञा गरेका थिए। उनको प्रतिज्ञा दोस्रो भागमा पनि जारी रहनेछ। यो 'केजिएफ च्याप्टर २' को टिजरमा पनि देखाइएको छ । रकी ठूलो र समझदार पनि भएका छन् । उनको सपना भनेको सुनको व्यापारमाथि आफ्नो  नियन्त्रण गर्ने हो र उनी यस काममा लागि परेका छन् ।

मुख्य पात्र रकीले राजनीतिको फोहोरी खेल र माफियाबीचको समीकरण बुझ्न थालेको छ। उसको लक्ष्य शत्रुहरूलाई निर्मूल पार्नु र उनीहरूलाई पाठ सिकाउनु हो । तर अभिनेत्री रवीना टण्डनको चरित्रको रूपमा रकीकी प्रेमिका उसको लक्ष्यको बाटोमा आउनेछिन्। केही समय अगाडि यस फिल्मका निर्माताहरूले संजय दत्तको पहिलो लुक जारी गरेर उनी फिल्मको मुख्य खलनायक अधीराको भूमिकामा देखा पर्ने जानकारी दिए।

फिल्म 'केजिएफ च्याप्टर २' को लागि दर्शकहरूका बीच कौतूहलताको बिषय संजय दत्तको पात्र अधीरा भएको छ। फिल्मको टिजरमा अधीरको हल्का झलक पनि देखिएर निर्माताहरूले यो उत्सुकतालाई अझ बढाइरहेका छन्। अधीर सूर्यवर्धनका भाइ हुन् जसको सपना 'कोलार गोल्ड माइन' मा शासन गर्ने छ। अर्को तर्फ, रकी पनि सोहि सुन खानीमा शासन गर्न चाहन्छ। त्यसैकारण रकी र अधीरको आमने सामने हुनेछ। फिल्मको पहिलो सिक्वेलमा सूर्यवर्धनका छोरा गरुड मुख्य खलनायक थिए।

'केजिएफ च्याप्टर २' को शूटिंग पूरा भइसकेको छ र पोष्ट प्रोडक्शन कार्य पनि चलिरहेको छ। अहिलेसम्म यसका निर्माताहरूले फिल्मको रिलीज मिति घोषणा गरेका छैनन्। प्रशांत नील निर्देशित यो फिल्म करीव सय करोडको बजेटमा निर्माण गरिएको पहिलो कन्नड फिल्म हो। जसरी फिल्मको टिजरले दर्शकहरूलाई आकर्षित गर्‍यो। त्यसबाट फिल्म बक्स अफिसमा धमाका गर्ने अनुमान लगाउन सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ