arrow

भगीरथले गंगालाई यसरी ल्याए पृथ्वीमा

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
Bhagiratha-and-Ganga.jpg

काठमाडौं । राजा सगर अश्वमेध यज्ञ गरिरहेका थिए । यज्ञको घोडा कसैले चोरेर कपिल मुनिको आश्रममा बाँधि दियो । राजा सगरका साठी हजार छोराहरू घोडा खोज्दै कपिल मुनिको आश्रममा पुगे। वहाँ आश्रमको छेउमा घोडा देख्ने अनि केहि नसोचि, नबुझि कपिल मुनिलाई चोर ठानेर मुनिलाई अनेकौ भन्न थाले ।

कपिल मुनि ध्यानमा बसेका थिए, जब उनले आफ्नो आँखा खोले, तब उनको दिव्य-दृष्टिको प्रकोपले सगरका साठी हजार छोराहरूलाई जलाएर भस्म पारिदिए। राजा सगर प्रायश्चित गर्दै भन्न लागे, मेरो साठी हजार छोराहरु भस्म भए, अब मेरो छोराहरूको उद्धार कसरी हुनेछ? त्यो
काम उनले अंशुमानलाई दिए। अंशुमानले राजा दिलीपलाई दिए, तर राजा दिलीपले पनि केहि गर्न सकेनन् ।

दिलीपको पुत्र भगीरथलाई जब यो कुरा थाहा पाए, तब उनले भने आफ्नो पूर्वजहरूको उद्धारको निम्ति मैले केहि अवश्य गर्न पर्छ। गरुडलाई सोधे गरुडले एक उपाय बताउँदै भने- 'यदि स्वर्गको नदी गंगालाई तिमीले धरतीमा ल्यायौ भने तिम्रो पूर्वजहरूको उद्धार हुनेछ । तर गंगा त स्वर्गमा बग्छिन्, धरतीमा त आउँन सक्दैनन् ।'

भगीरथले तपस्या गरेर ब्रह्मालाई खुशी पारे अनि ब्रह्माले प्रसन्न भएर वरदान दिए । साथै भने गंगाको बेग एकदमै तेज छ, यो तिमीले सोच्नु । गंगाको  अत्यन्त तीव्र गतिको बारेमा सोचेर भगीरथले फेरि भगवान शंकरलाई तपस्या द्वारा प्रसन्न गराए अनि उनलाई गंगाको तेज गतिलाई थामिदिने प्रार्थना गरे।

भगवान शंकरले भने गंगा स्वर्गबाट तल धरतीमा आउँदा मेरो जट्टामा अल्मलिने छन्। गंगालाई पृथ्वीमा आउने आदेश मिल्यो, तब गंगा स्वर्गबाट तेज गतिले बग्दै आइन् । उनमा सारा संसारलाई डुबाइदिने घमण्ड थियो । तब भगवान शंकरले आफ्नो जट्टा थापेर जट्टाभिन्न गंगालाई अल्मलाएर राखे । गंगालाई गर्व थियो म आफ्नो वेगले धरतीलाई हल्लाई दिन्छु भन्ने, तर भगवान शंकरको जट्टा यस्तो थियो कि गंगा त्यहि जट्टाभित्र अल्मलिएर घूम्न थालिन् ।

कयौ बर्षसम्म गंगा पृथ्वीमा नआएपछि भगीरथले भगवान शंकरसँग पुन प्रार्थना गरे ।  भगवान शंकरले गंगाको घमण्ड नास भएपछि आफ्नो एउटा जट्टा खोले, त्यसबाट गंगा तल धरतीमा उत्रिइन् ।

भगीरथले आफ्नो अथक प्रयास द्वारा स्वर्गमा बग्ने गंगालाई धरतीमा ल्याए, यो कथा हाम्रो पुराणहरूमा लेखेको छ, तर यसको पछाडि वास्तविकता यो छ कि हे पृथ्वीवासी हो! यदि तिमीहरुले पनि भगीरथले जस्तो तपस्या गर्यो भने स्वर्गलाई धरतीमा ल्याउन सक्नेछौ, यसको निम्ति तिमीहरूले भगरीथले जस्तो कर्म गर्नु पर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ