arrow

कांग्रेस सभापति मानन्धरको निधन, पार्टी कार्यालय तीन दिनसम्म बन्द

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
kopin-manandhar.JPG

धनकुटा । नेपाली कांग्रेस पाख्रिवास नगर कार्यसमिति धनकुटाका सभापति  तथा यूवा समाजसेवी कोपिन मानन्धरको मंगलवार निधन भएको छ । मानन्धरको निधनमा नेपाली कांग्रेस धनकुटाले मंगलबार शोक विज्ञप्ती जारी गर्दै समवेदना व्यक्त गरेको छ ।

नेपाली कांग्रेस धनकुटा जिल्लाका सभापति अग्नी प्रसाद पौडेल र  सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ती जारी गर्दै  पार्टीको पाख्रिवास नगर कार्य समितिका सभापति कोपिन मानन्धरको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको उल्लेख गरिएको छ । लामो समय देखी पेट र मृगौलाको समस्याका कारण उपचार गराइरहेका थिए ।

पाख्रिवास नगर कार्य समितिका सभापति स्वर्गीय मानन्धरप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागी नेपाली कांग्रेस धनकुटा जिल्ला पार्टी कार्यालयमा तीन दिनसम्म झण्डा झुकाई कार्यालय बन्द गर्ने र नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिको कार्यालयमा ७ दिनसम्म पार्टीको झण्डा झुकाई कार्यालय बन्द गर्ने, १३ दिन सम्म पार्टीको जिल्ला तथा नगर कार्य समितिहरुको कार्यालयहरुमा शोक पुस्तिका राख्ने र श्रद्धाञ्जली व्यक्त गर्ने  नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ