arrow

संवैधानिक इजलासमा न्यायाधीश कार्कीको ठाउँमा सपना मल्ल 

logo
प्रकाशित २०७७ पुष २९ बुधबार
suprim_cort.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना मल्ल प्रधानले बहस गर्ने भएकी छिन् ।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा पाँचजना न्यायाधीश रहेको संबैधानिक इजलासमा गत पुष २२ गते कानुन व्यवसायीहरुले न्यायाधिशमाथि स्वार्थ बाझिने भन्दै इजलासमाथि नै प्रश्न उठाएपछी न्यायाशीश कार्कीले मुद्दामा आफु नबस्ने निर्णय गरेका थिए ।

बुधबारको इजलासमा चोलेन्द्रसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेज बहादुर केसीले मुद्दामा बहस गर्नेछन् ।

प्रतिनिधिसभा विघटनबिरुद्धका मुद्दा संवैधानिक इजलासले नै टुंगो लगाउने वा बृहत पुर्ण इजलास गठन गर्ने भन्नेमा अन्यौल छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ