arrow

ट्रम्पमाथि महाअभियोग लगाउन उनकै पार्टीकी यी तीन सांसदले भोट हाल्ने

logo
प्रकाशित २०७७ पुष २९ बुधबार
Trump-republican.jpg

काठमाडौं । जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हटाउन डेमोक्र्याटहरु लागि परेका छन् । डेमोक्र्याट सांसदहरुले उपराष्ट्रपति माइक पेन्सलाई ट्रम्पलाई हटाउन हिजो निर्देशन दिएका छन् ।

तर, उपराष्ट्रपति पेन्सले यस्तो कुनै तयारी नरहेको बताएका छन् । उपराष्ट्रपतिले बुधबार ट्रम्पलाई नहटाएमा बिहीबार अमेरिकी संसदमा ट्रम्पमाथि महाअभियोग लगाउन मतदान हुने भएको छ । 

डेमोक्र्याट सांसदहरुले ट्रम्पमाथि महाअभियोग लगाउन तयारी गर्दा ट्रम्पकै पार्टी अर्थात रिपिब्लकनतर्फकी सांसद लिज चेनीले पनि ट्रम्पविरुद्ध मत हाल्ने बताएकी छन् ।

तल्लो सदन हाउस रिपब्लिकनकी तेस्रोत लिडरका रुपमा मानिने चेनले ट्रम्पमाथि अविश्वासको प्रस्तावका लागि मत हाल्ने बताएकी हुन् । 

त्यस्तै हाउस रिपब्लिकनकै अन्य दुई सांसद जोन काटको र एडम किन्जिगरले पनि ट्रम्पमाथि महाअभियोग लगाउन मत हाल्ने बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ