arrow

दुई सय वर्षपछि मकर संक्रान्तिमा मकर राशिमा पाँच ग्रहको संयोग

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
maghe_21.jpg.jpeg

काठमाडौं । सूर्य मकर राशिमा आएपछि मकर संक्रान्ति पर्व मनाइन्छ । यसपटक मकर राशिमा सूर्यसँगै चन्द्रमा, बुध, बृहस्पति र शनि पनि रहेका छन् । यी पाँच ग्रहको योग दुई सय वर्षमा पहिलो पटक बनेको हो । 

साथै बिहीबार पाँच राजयोग बनेको छ । यसमा सूर्य उत्तरायण हुनु शुभ मानिन्छ । मकर संक्रान्तिमा मंगल, शनि, बृहस्पति र चन्द्रमासँगै रुचक, शश, गजकेसरी, दान र पर्वत नामको राजयोग बनेको छ । यसमा तीर्थ स्नान, पूजा र दान गर्दा पूण्य मिल्दछ । यसका लागि बिहान ८ः४४ देखि साँझ सूर्यास्तसम्म पूण्यकाल रहने छ । 

मकर संक्रान्ति धार्मिक पर्व हुनुका साथै एक खगोलीय घटना पनि हो । जसबाट पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्य आएपछि दिन बढ्दा रात छोटिँदै जान्छ । 

ज्योतिष ग्रन्थमा वर्षमा १२ संक्रान्ति भए पनि खास दुई वटालाई लिइन्छ । माघ १ गते जब सूर्य मकर राशिमा आउँछ र उत्तरायण हुन्छ । अनि साउन १ गते कर्कट राशिमा आउँछ र दक्षिणायन हुन्छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ