arrow

हरेक बर्ष अमिताभ बच्चनकी छोरीलाई पत्र लेख्छन् आमिर खान

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
aamir-sweeta.jpg

काठमाडौं । बलिउड फिल्म उद्योगमा अमिताभ बच्चन एक ठूलो नाम हो। अभिनय बाहेक, अमिताभ सोशल मीडियामा धेरै सक्रिय छन्। उनको परिवार पनि सधै लाइम लाइटमा बस्दछन्। अर्कोतर्फ,उनकी छोरी श्वेता बच्चन सामाजिक प्लेटफार्ममा पनि धेरै सक्रिय छिन्।

श्वेता दुई बलिउड सुपरस्टारहरूको ठूलो प्रशंसक हुन् । यी दुई अरु कोही नभएर सलमान खान र शाहरुख खान हुन्। श्वेताले टक शो 'कफी विद करण' मा यी दुई खान स्टारसँग सम्बन्धित धेरै चाखलाग्दो कुरा उल्लेख गरेकी छन्।

श्वेता बच्चन नन्द र उनका भाई तथा अभिनेता अभिषेक बच्चन करण जौहरको शोमा पुगेका थिए । अभिषेकले श्वेता  किशोरी छँदा आमिर खान र सलमान खान जस्ता कलाकारहरूको प्रशंसक थिइन भनेर खुलासा गरिदिए । यति मात्र होइन, सलमान खानको सुपरहिट फिल्म 'मेने प्यार किया'  सन्  १९८९ मा रिलीज हुदाँ श्वेता कक्षा १० मा बोर्डिङ स्कूलमा पढिरहेकी थिइन्। श्वेताले भनिन्- मैले यो फिल्म भिसिआरमा हेरेको थिए । यति मात्र होइन, फिल्ममा लगाएको 'फ्रेन्ड' क्याप अभिषेकसँग मगाएकी थिइन् ।

शोमा श्वेता सुपरस्टार आमिर खानको पनि ठूलो प्रशंसक रहेको अभिषेकले बताए । साथै आमिर श्वेतालाई हरेक बर्ष चिठी लेख्ने गर्छन्। श्वेताले त्यो पत्र लेख्नुको कारण पनि खुलाइन् । उनले आफ्नो र  आमिरको जन्मदिन नजिक रहेको कारण शुभकामना दिने गरेको सुनाइन् ।  श्वेताको जन्मदिन १७मार्च हो भने आमिरको जन्मदिन १४ मार्च रहेको छ ।

श्वेताले फिल्ममा काम नगरे पनि  उनी आफ्नो बुबासँग धेरै विज्ञापनमा देखा परेकी छन् । साथै श्वेता बच्चन प्रसिद्ध फेसन ब्रान्ड एमएक्सएस को व्यवस्थापकिय जिम्मेवारी हेर्छिन् । उनले आफ्नो उपन्यास प्याराडाइज टावर्स बाट लेखन करियर शुरू गरेकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ