arrow

गायक प्रकाश सपुतलाई आदर्श सम्मान

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
prakash-saput.jpg

गलकोट । यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरिएको छ ।

सहकारीको १४औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान बिहिबार प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ । सपुतलाई नगद रु २५ हजार राशिसहित समारोहका प्रमुख अतिथि निर्वतमान सङ्घीय सांसद मनकुमारी केसी तथा संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले प्रदान गरेका छन् ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सुपतलाई लोकगीतबाट बागलुङलाई चिनाएको भन्दै सम्मान गरिएको सहकारीका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिइन् ।  

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘दोहोरी ब्याटल’, ‘फुटेका चुरा’,लगायतका गीत लोकप्रिय छन् । उनी चलचित्रमा समेत डेब्यु गरेका छन् । आदर्श विशेष सम्मान यसअघि राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष केवी उप्रेती र गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्वसञ्चालक प्रभा कोइरालाई प्रदान गरिसकिएको सहकारीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ