arrow

रेकर्ड राख्यो विजयको ‘मास्टर’ ले

logo
प्रकाशित २०७७ माघ २ शुक्रबार
vijaya-master.jpg

काठमाडौं । विजय स्टारर तमिल चलचित्र ‘मास्टर’ ले पहिलो दिनमै भारतमा ४२ करोड भारु कमाएको छ । सिनेमा हल ५० प्रतिशतमात्र सिटका साथ खुलेको अवस्थामा यति धेरै कमाई भएको हो । 

यदि सिनेमाघर १०० प्रतिशत खुलेको भए यो फिल्मले बाहुबली–२ लाई छाडेर भारतमा बनेका सबै चलभित्रको पहिलो दिनको कमाईको रेकर्ड तोड्ने थियो । 

प्रभास र राणा दग्गुबती स्टारर बाहुबली २ ले पहिलो दिन भारतमा १२१ करोड भारु कमाई गरेको थियो । यसमा ४१ करोड हिन्दी भर्सन र ८० करोड तमिल, तेलुगु र मलालयम भर्सनले कमाई गरेको थियो । 

बलिउडमा भने अहिलेसम्म सबैभन्दा बढी ऋतिक रोशन र टाइगर श्राफ स्टारर वारले सबैभन्दा बढी कमाईको ओपनिङ गरेको थियो । सन् २०१९ मा आएको उक्त फिल्मले ५३.३५ करोड भारु कमाएको थियो । 

यदि १०० प्रतिशत चलचित्र हलमा सिट राख्न पाएको भए मास्टरले भारतका सबै फिल्मको रेकर्ड तोड्ने थियो । सन् २०१८ मा आएको २.० ले पहिलो दिन ७३.५ करोड भारु कमाएको थियो । साहोले ६८ करोड कमाएको थियो । 

थलापति विजय र विजय सेतुपतिको यो एक्सन थ्रिलर फिल्म मास्टर जनवरी १३ मा हलहरुमा लाग्न थालेको हो । तर यो फिल्मको रिमेक बलिउडमा बन्ने भइसकेको छ । 

निर्देशक लोकेश कनगराजले मास्टरको बलिउडमा हिन्दी रिमेक बनाउने भएका छन् । 

बलिउडमा मास्टरको रिमेक कबिर सिंहका निर्माता मुराद खेतानी आफ्ना निर्माता सहकर्मी एन्डेमोल शाइनसँग मिलेर बनाउने भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ