arrow

ओली-मोदीले उद्घाटन गरेको पाइपलाइनबाट तेल चोरी

logo
प्रकाशित २०७७ माघ २ शुक्रबार
oli-modi_new.jpg

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त उद्घाटन गरेको पाइपलाइनबाट डिजेल चोरी भएको पाइएको छ ।   नेपाल–भारतबीचको मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरी भएको हो। गत वर्षको भदौ २४ मा नेपालका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीलेले पाइपलाइनको संयुक्त उद्घाटन गरेका थिए ।

चोरी गर्नेहरुले चार फिट गहिराइमा रहेको पाइपलाइनमा प्वाल पारेर अर्को पाइप जोडेर उक्त पाइप पनि जमिनमुनीबाटै लगेर डिजेल चोरी गरेको पाइएको छ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले नेपाली सीमापारी नौनिया भन्ने ठाउँबाट एक सय किलोमिटर पर बिहारको सिवान भन्ने ठाउँमा पाइपलाइनमा क्षति भएको बताएका छन् ।

डिजेल चोरी गर्नेहरु पाइपलाइनमा प्वाल पारेर हजारौं लिटर डिजेल चोरी गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी डिजेल आपुर्तिमा भने क्षति नभएको प्रवक्ता उपाध्यायले बताएका छन् । चोरी गर्नेहरुमाथि कारबाहीका लागि भारतीयपक्षबाट काम भइरहेको छ होला ठ्याक्कै जानकारी आइसकेको छैन्, प्रवक्ता उपाध्यायले भने ।

पाइपलाइनको माथि खेतमा डिजेल देखिएपछि पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले अधिकारीहरुलाई सुचना दिएको बताइएको छ ।

 यो पाइपलाइनबाट बार्षीक दशौं करोड लिटर इन्धन ढुवानी हुन्छ । यसले नेपालको अर्बौ रुपैयाँ ढुवानी खर्च जोगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ