arrow

कांग्रेस सडकमा मात्र हैन घरघरमा जान्छ 

logo
प्रकाशित २०७७ माघ ३ शनिबार
congress-birodh4.jpg

फर्साटिकर । नेपाली कांग्रेस शुद्धोधन गाउँपालिका रुपन्देहीको आयोजनामा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको विरुद्धमा  फर्साटिकरमा विरोधसभा सम्पन्न भएको छ।

शुद्धोधन गाउँपालिकाका विभिन्न स्थानबाट उपस्थित कांग्रेस समर्थकहरुले ‘असंवैधानिक कदम खारेज गर, नेपाली कांग्रेस जिन्दावाद, केपी तेरो पाराले दुःख पाए साराले’ लगायत नारा सहितको र्यालीले फर्साटिकर बजार परिक्रमा गरी सञ्चालित कोणसभामा शुद्धोधनका कांग्रेस सभापति शेर बहादुर काफ्लेको अध्यक्षता, कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणको प्रमुख आतिथ्यता, पूर्व जिल्ला सभापति रामचन्द्र ढकालको विशिष्ट आतिथ्यता, जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि,  क्षेत्रीय समितिका पदाधिकारी, गाउँपालिका समितिका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न  भएको थियो। 

कार्यक्रममा बोल्दै खाँडले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले जनतालाई भ्रमित बनाएको बताए । उनले कांग्रेस चुनावका लागि पनि तयार रहेको भन्दै असंवैधानिक कदमविरुद्ध खबरदारी गरिरहेको र राष्ट्रियता तथा लोकतन्त्रको रक्षाका लागि हरदम अग्रपंक्तिमा रहिरहने  बताए । 

त्यस्तै लुम्बिनी प्रदेश प्रदेशसभा सदस्य पुष्पा थरुनीले लोकतन्त्र रक्षाका लागि कांग्रेस सडकमा मात्र नभइ घरघरमा समेत जाने बताइन् । 

कांग्रेस रुपन्देही जिल्ला सदस्य रमेश खनालले ओली नेतृत्वको कम्युनिष्ट सरकारले संविधानको धज्जी उडाउँदै गैर संवैधानिक कदम चालेको तथा हिजोका दिनमा रहेका राजाहरुको शैलीमा गएको बताए । उनले राष्ट्रपति केपी ओली नेतृत्वको सरकारको मात्रै हुन खोजेको बताए । 

जिल्ला सदस्य पल्टन चौधरीले कम्युनिस्ट सरकारले संबैधानिक कू गरेर असंवैधानिक र अलोकतान्त्रिक कदम मार्फत आफ्नो पत्तासाफ हुने गरी आफू हिँड्ने बाटोमा आफैँ खाल्डो खनेकोले अब कम्युनिस्ट सकिन समय नलाग्ने बताए बताए । 

कांग्रेस केन्द्रीय समितिले बनाएको विरोध कार्यक्रम अन्तर्गत देशभरका ७५३ पालिकामा संचालित कार्यक्रम अन्तर्गत शुद्धोधन गाउँपालिकामा सम्पन्न कार्यक्रम शुद्धोधन गाउँपालिका उपसभापति दामोदर पौडेलको स्वागत तथा  सचिव धनराज कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ