arrow

निजगढमा कांग्रेसको विशाल विरोध सभा 

logo
नवराज चौलागाईं,
प्रकाशित २०७७ माघ ४ आइतबार
congress-birodh-nijgadh.jpg

निजगढ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसको आयोजनामा निजगढमा विशाल विरोध सभा सम्पन्न भएको छ । 

कांग्रेस निजगढले महेन्द्र राजमार्गमा विशाल र्याली प्रदर्शन गर्दै विरोध सभाको आयोजना गरेकोहो । विरोध सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका महाधिवेशन प्रतिनिधि पेमासिद्धि लामाले गणतन्त्र स्थापना गर्न हजारौँ जनताको त्याग र बलिदानी रहेको भन्दै गणतन्त्रलाई धराप हुने खालको कुनैपनि कार्य नेपाली कांग्रेसलाई मान्य नहुने बताए । 

प्रतिनिधि सभा विघटनको विरोध गर्दै लामाले संसद पुनर्स्थापनाको विकल्प नभएको बताए । कार्यक्रममा निजगढका मेयर सुरेशकुमार खनालले प्रधानमन्त्रीले सिफारिस गर्दैमा कोही कसैसँग सल्लाह र छलफल नै नगरी राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु राष्ट्रपतिको अयोग्यता प्रष्टिएको बताए । 

प्रतिनिधि सभा विघटनको घोषणा गर्नुअघि राष्ट्रपतिले सर्वपक्षीय छलफल र सल्लाह गर्नुपर्नेमा निरङ्कुश ढंगले एकलौटी विवेकमा संसद विघटन गर्नु दुर्भाग्य भएको खनालले बताए । 

मेयर खनालले कम्युनिष्ट सरकारको कारण अहिले देश बन्दक हुने अवस्थामा रहेको भन्दै अदालतले संसद पुनर्स्थापना गर्दै देशलाई निकास दिनुपर्ने कुरामा जोड दिए । 

यसैगरी नेपालि कांग्रेसका महाधिवेशन प्रतिनिधि शम्भुबहादुर बुढाथोकीले कम्युनिष्टहरुको तानाशाही व्यवहारले देशलाई दुर्घटनाको अवस्थामा पुर्याएको भन्दै मुलुकलाई बचाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । 

निजगढस्थित लालबकैया नदीको पुलबाट निस्किएको र्याली शहिद चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । नेपाली कांग्रेस निजगढका सभापति महेशी कुमरको सभापतित्वमा सम्पन्न विरोध सभामा नेपाल विध्यार्थी संघ नेपाल कमर्श क्याम्पस काठमाडौंका अध्यक्ष विष्णु खड्का, वडा नम्बर १ का वडाध्यक्ष मंगल लोप्चन, वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घलान, नेपाल तरुण दल निजगढका अध्यक्ष चित्रकुमार तिमल्सिना, नेपाल विद्यार्थी संघका नेता मधु तिमल्सिना, कांग्रेस निजगढका नेता पासाङ लामा लगायतले सम्बोधन गरेका थिए । 

कांग्रेस निजगढकी उपसभापति मिरा गौतमको स्वागत मन्तव्य र कांग्रेस निजगढका सचिव रोशन पाख्रिनले संचालन गरेको कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि माला लामा, कांग्रेसका जिल्ला सदस्य कृष्णबहादुर लो, अमिर मोक्तान क्षेत्रीय सदस्य पदमबहादुर भण्डारी, महिला नेतृ रामकुमारी गोले, उद्योग वाणिज्य संघ निजगढका पूर्व अध्यक्ष ज्ञानु चौलागाई लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ