नेताजी ! भो अब भाषण पुग्यो


प्रकाशित

केही अगाडि एक प्रदेशका सांसदहरुबाट “प्रदेशका स्वास्थ, समस्या र समाधानको” बारेमा बोल्न कही बोलिदिन आग्रह गर्नुभयो । जलपान चियापान समेतको व्यवस्था थियो । ८ः३० बजे हुने कार्यक्रम झण्डै नौ बजे शुरु भयो । मलाई ९ः२० बजे देखि ९ः४० सम्म बोल्नको लागि भनिएको थियो । तर १०ः१५ बजेसम्म नेताजीहरुले आफै बोल्नुभयो । “वहाँहरुले विषेषज्ञहरुको कुरा सुन्न बोलाउनु भएको हो कि नेताहरुको लामो लामो भाषण सुन्न बोलाउनु भएको हो” ? भनेर सयोजकलाई मैले प्रश्न गरे । “कार्यक्रमको शुरुवातमा नेताजीहरुले बोल्ने कुनै कार्यक्रम थिएन, तर धेरै सासंद र बुद्धिजिवीहरुको उपस्थिती देखेर नेताजीहरुले आफ्नो बिशेषज्ञता देखाउन लोभ लाग्यो होला” । संयोजकले मलिन अनुहार लगाएर भने “अब तपाई बोल्नुपर्छ” भनेर समय दिए ।

पूर्वमन्त्रीले झण्डै ४०/५० मिनेट भाषण गर्नुभयो ।  प्रायः नेताजीहरुले भाषणमा आफ्नो चुनावको बेलामा बोल्ने कुरा बोल्नुभयो । “प्रदेशलाई सुनको डल्लो बनाउनु पर्छ ?’ नेताजीहरुले एउटै कुरा “आफ्नो प्रदेशमा विजुली पुर्‍याउनु पर्‍यो, ठोस योजना गर्नु पर्‍यो” बारम्बार दोहोर्‍याएर बोल्नुभयो ।

मलाई दिक्क लाग्यो, । सोचें कार्यक्रममा नभएको नेताहरुको भाषण सुनाएर, कार्यक्रम लामो पार्नुको कुनै औचित्य छ ? “अस्पताल र सडक बनाउनुपर्छ, हामीकहाँ चुनौती छ, अब यसरी समाधान गरौ” भनेर नेताजीले भाषण गर्दा मलाई लागिरहेको थियो सबै कुरा नेताजीलाई नै थाहा रहेछ, किन विशेषज्ञलाई बोलाउनु पर्‍यो ?

नेताजीको भाषणपछि संयोजकले मलाई बोल्ने मौका दिए । मैंले शुरुमै नै भने “नेताजीहरुले नयाँ प्रदेश बनाउने भनेर बोल्नुहुन्छ । ढर्रा चाही पुरानै छ नेताजीहरु मैलिकता जोगाउँ भन्नुहुन्छ । होटेलमा दिएका बिहानको खाजामा समेत नेपालीपन छैन । शुरुवातमा नै खाजा राख्दा स्वस्थ, र सस्तो र तपाईको अन्नबाट बनेको प्रदेशमा पाइने खाजा राखेको भए पो मौलिकता जोगिन्थ्यो । नेताजीले हाम्रो प्रदेशमा जनताको स्वास्थ राम्रो राख्न अस्पताल र प्रयोग रगत परिक्षण गर्ने व्यबस्था राम्रो हुनुपर्छ भन्नु भएको थियो”।

“राम्रो स्वास्थ केवल अस्पताल, औषधि र डाक्टरले गर्दा मात्र हुने होइन, सफा पानी, पौष्टिक र स्थानिय खाना र सस्कृतीको जगेर्नाले पनि स्वास्थ्य राम्रो पार्न महत्वपूर्ण भूमिका खेल्छ । अब स्वास्थको बारेमा नयाँ तरिकाले विचार गर्नुस । धेरै जसो औषधि नेपालमै बनाउन सकिन्छ । बाहिरबाट ल्याउन पर्दैन”। मलाई दिएको समय सिद्धिन लाग्दा मैले भने “अनि केवल आधुनिक औषधि होइन, परपंरागंत ज्ञान पनि आदर गर्नु पर्छ । विशेषज्ञहरुको भनाई सुन्न होटेलमा होइन, आफ्नै प्रदेशमा बोलाउनुहोस्, हामी आफै आउन सक्छौं” । मेरो बोलीले नेतालाई केही चित्त द्खेपनि, मलाई लाग्यो मैले नबोले कसले बोल्ने ?

नेताजीहरुले धेरै मान खोज्न भएन भनेर कसैले सलाह दिएको छ कि छैन । कुनै ठाउँमा जाँदा धेरै मान्छे जम्मा गराएर २०/२५ किलोको माला लगाएर भाषण गर्ने बानी त छोडनु भए नै बेस हुन्थ्यो नि नेताजी । प्रायः म त कुनैपनि नेताको भाषणमा जान्न, नेताजीले सबै ठाउँमा एकै जस्तो रटे रटाएको भाषण दिनुहुन्छ जनताको हातमा त फुस्सा मात्र आउँछ ।

अब यस्तो नचाहिदो भाषण र फूल मालालाई त्याग्नुपर्ने बेला भएन नेताजी ? नेताजी आउनुभन्दा अघि ४/५ दिन अफिसमा काम ठप्प हुन्छ, नेपालीको स्वागतको लागि । के नेताजीलाई एक घन्टाको स्वागतले पुग्दैन ? यस्तो स्वागत खानुभन्दा त बरु नेपालीहरुले समुदायमा गएर स्कूल, स्वास्थचौकीमा शौचालयको व्यबस्था छ कि छैन भनेर हेरेहुन्थ्यो । नेताजीले स्कुलमा शौचालय बनाउनु पर्छ भने भाषण दिएपछि प्राय स्कुलमा शौचालय त बन्छ, तर पानी चाँही हुन्न, अनि शौचालय बन्छ तर प्रयोग बिहिन । तर नेताजीको नाम चाँही रहिरहन्छ ।

“मैले भनेर शौचालय बनाइयो” नेताजी मख्ख पर्छन् तर शौचालय दुर्गतिको कथा चाँही नेताजीको कानसम्म पुग्दैन । धन्य, कहिले कहिले पत्रिकाले शौचालय र भान्छा एकैठाउँमा भएको फोटो छापिदिन्छन, कहिले स्कुलको शौचालयमा पानी नभएर बन्द भएका फोटो छापिदिन्छन् र पो त जनताले थाहा पाउँछन शौचालय कस्तो बन्दो रहेछ । तर नेताजी त यस्ता कुराफेरी बिर्सेर शौचालय बनाउन नै भाषण दिन्छन । पानीको बन्दोबस्त गर्नुपर्छ भनेर चाँही कसैले विचार गर्दैन किन होला ? त्यसैले नेताजी कृपया अब काम गर्नुस है । (डा.उप्रेतीको फेसबुकबाट साभार)
 


प्रतिक्रिया :

नयाँ