arrow

‘मादलको खरी’ लाई भव्य सम्मान

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
madalko-khari-teleserial.jpg

भोजपुर । हाल रमाइलो टिभीबाट प्रसारण भई सामाजिक विसङ्गति विरुद्धको आवाज बनेर आएको टेलिफिल्म ‘मादलको खरी’ ले गाउँ शहरमा चर्चा परिचर्चा बटुल्दै गर्दा भोजपुरमा भव्य सम्मान पाएको छ ।

भोजपुरको अरुण गाउँपालिका ७ सिक्रेटारमा आयोजित मादलको खरी विशेष सम्मान एवं सांस्कृतिक कार्यक्रममा लेखक–निर्देसक किशोर अनुरागसहित कलाकार ईश्वर बल्लभ उप्रेती, रोजी कुँवर, सुरत विष्ट, भीष्म आचार्य, दिनेश खड्का, रिता थापा, ज्ञानेन्द्र कोइराला, समीर राई, आशिष केसी, आइसा राईसहित अन्य कलाकर र प्राविधिकतर्फ छायांकार–निर्माता आनन्द प्रभाकर घिमिरे सहितको टोलिलाई सम्मानपत्र र अबिरको साथमा स्थानिय बालन नाचले स्वागत र सम्मान गरिएको थियो ।

जीवन थापाको संयोजकत्वमा स्थानीय सगरमाथा माविमा भएको कार्यक्रममा मादलको खरी नाटकको विशेष मन्चन सहित कलाकार ईश्वर बल्लभ र रोजी कुँवरको युगल नृत्य, सुरत विष्टको क्यारिकेचर र सारङ्गी प्रस्तुति सहित स्थानिय कलाकारको प्रस्तुतिले दर्शकले भरपुर मनोरन्जन लिएका थिए ।

 भोजपुर जिल्लाको विभिन्न स्थानमा छायांकन गरी स्थानीय कलाकार र संस्कृतिलाई समेत विशेष महत्त्वका साथ उक्त टेलिफिल्ममा स्थान दिँदा भोजपुरको भौगिलिक र सांस्कृतिक गरिमा अभिवृद्धि भएको सिक्रेटारका वडाअध्यक्ष डिल्लीराम अधिकारीले बताए । 

भोजपुरको अरुण गाउँपालिकालाई पर्यटकीय स्थानमा परिवर्तन गर्ने अभियानलाई यो कार्यक्रम र मादलको खरी झन धेरै टेवा पुर्याएकोमा कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष बिनिता ढकालले धन्यवाद दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ