arrow

मेस्सीलाई क्लब करियरको पहिलो रातो कार्ड  

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
messi-red-card.jpg

काठमाडौं । अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीले रातो कार्ड खाएका छन् । उनले क्लब फुटबल करियरमा पहिलो पटक रातो कार्ड खाएका हुन् । 

स्पेनिश क्लब बार्सिलोनाबाट खेल्दै आएका मेस्सीलाई पहिलो पटक रातो कार्ड मिलेको हो । आइतबार राति भएको स्पेनिश सुपर लिग फुटबलको उपाधि भिडन्तका क्रममा एथ्लेटिक बिल्बाओ विरुद्धको खेलमा मेस्सीले रातो कार्ड खाएका हुन् । 

त्यो कार्ड उनले अतिरिक्त समयको अन्तिम मिनेटमा रातो कार्ड खाएका हुन् । बिल्बाओका भिलालिब्रालाई फाउल गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए ।

बिल्बाओलाई उपाधि
बिल्बाओले स्पेनिश सुपर कप फुटबलको उपाधि जितेको छ । बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो ।

निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इनाकी विलियम्सले गोल गर्दै बिल्बाओलाई जित दिलाए ।

अतिरिक्त समयमा धकेलिनु अघि एन्टोनी ग्रिजम्यानले ४० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

४२ औं मिनेटमा ओस्कार डी मार्कोसले गोल गर्दै बिल्बाओलाई १–१ गोलको बराबरीमा ल्याए । ७७ औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।

९० औं मिनेटमा इजर भिलालिब्राले गोल गर्दै बिल्बाओलाई २–२ को बराबरीमा ल्याएका थिए । अतिरिक्त समयमा विलियम्सले गोल गर्दै बिल्बाओलाई उपाधि नै दिलाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ