arrow

खप्तड घुम्न ‘हेली टूर’  

logo
प्रकाश बम, 
प्रकाशित २०७७ माघ ६ मंगलबार
khaptad-heli-tour.jpg

डोटी । भूस्वर्गका रुपमा चिनिएको खप्तड घुम्नका लागि ‘हेली टूर’ गरिने भएको छ । माघ १४ गतेदेखि १८ गतेसम्म विशेष प्याकेज ल्याएर खप्तड हेली टूर गराउन लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।   

खप्तड होमस्टे झिक्राना डोटीको आयोजनामा दिपायलबाट खप्तडको त्रिवेणीमा हेली टूर गरिन थालिएको हो। कोभिड–१९ ले थला परेको पर्यटकीय क्षेत्रलाई थोरै भए पनि चलायमान गराउन ‘खप्तड हेली टूर’ अभियान थालिएको खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले बताए । 

उनका अनुसार माघ १४ देखि १८ गतेसम्म हुने खप्तड हेली टूरमार्फत ३ सय जना आन्तरिक पर्यटकलाई खप्तड घुमाउने लक्ष्य रहेको छ।      

खप्तड भ्रमणका लागि स्थलमार्ग मार्फत् जान नसक्ने यात्रुका लागि एकै दिनमा खप्तड घुमेर फर्कने व्यवस्थासहित हेली टूर आयोजना गरिएको उनले बताए । 

पैदल र सडक मार्ग हुँदै खप्तड जाने अवस्था नभएपछि खप्तड होमस्टे झिग्रानाले हेलिकप्टरमार्फत् खप्तड पुर्याउने र त्यहाँ घुमाउने प्याकेज ल्याइएको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै होमस्टेका सञ्चालक खड्काले बताए ।      

उनले भने, ‘हामीले पाँच दिनमा तीन सय पर्यटकलाई खप्तड पुर्याउने योजना बनाएका छौँ।’ खप्तड घुम्नका लागि होमस्टेले दिपायल–खप्तड–दिपायल प्रतिव्यक्ति १० हजार, झिग्राना–खप्तड–झिग्राना प्रतिव्यक्ति ८ हजार र सञ्चारकर्मीका लागि प्रतिव्यक्ति ७ हजार, धनगढी–खप्तड–धनगढी प्रतिव्यक्ति ३० हजार खर्च लाग्ने बताइएको छ। 

यस्तै धनगढी–दिपायल हवाई जहाज र दिपायल–खप्तड हेलिकप्टर भ्रमणका लागि २१ हजार ५ सय, धनगढी–दिपायल स्थलमार्ग र दिपायल खप्तड हेलिकप्टर भ्रमणका लागि १५ हजार रुपैयाँ प्रतिव्यक्ति खर्च लाग्ने बताइएको छ ।                     

पत्रकार सम्मेलनमा पर्यटन बोर्डका सदस्य कृष्णबहादुर महरा, सुदुरपश्चिम म्यानेजर रोहणि खनाल, पर्यटन व्यवसायी तथा वरिष्ठ पाइलट वेद उप्रेती, नाटा फारवेष्टका अध्यक्ष मायाप्रकाश भट्ट, पर्यटन विज्ञ सन्जय चौधरी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य पुष्पराज कुँवर, नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटी र माउन्टेन हेलिकप्टरका मार्केटिङ म्यानेजर सन्दिप भण्डारी लगायत पर्यटक भित्र्याउन पहल गर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ