arrow

किन मच्चियो सैफ अली खानको सिरीजमा 'ताण्डव' ?

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
Tandav-2.jpg

काठमाडौं । सैफ अली खानको वेब सीरिज 'ताण्डव' मा मच्चिएको बवालले रोकिने नाम लिएको छैन। । वेब सीरीजमा धार्मिक भावनालाई आहत पुर्‍याउनुका साथै दलितको अपमान, जातीय घृणा, आदि आरोप लगाइएको छ ।  वेब सीरीज ताण्डवमा देखाइएको दलितको अपमान, जातीय घृणा, धार्मिक भावना जगाउने र दुव्र्यवहार गर्ने उच्च संवैधानिक पद बसेका व्यक्तिहरुको गलत बार्तालापका देखाइएको कारण प्रहरीमा मुद्दा दर्ता भएको छ ।

सिरिज जनवरी १५ मा अमेजन प्राइममा रिलिज भएको छ । यस सिरिजमा सैफ अली खान, डिम्पल कपाडिया, तिग्मान्शु धुलिया, जीशन अय्युब, सुनील ग्रोबर, गौहोर खान, कृतिका कामरा लगायतका कलाकारको अभिनय रहेको छ ।

ताण्डव वेब सीरिजमा साम्प्रदायिक भावनालाई ठेस पुर्‍याउने र अन्य अन्य धेरै अभद्र कुराकानीका करण चोट पुर्‍याएको अभियोगमा प्रहरीले कडा अडान लिएको छ। प्रहरीले यस सम्बन्धमा ताण्डव वेब श्रृंखलाका निर्देशक, अमेजन प्राइम भिडियो भारतका प्रमुख , अभिनेता, अभिनेत्री र लेखकका विरुद्ध मुद्दा दायर गरेको छ । र उनीहरुमाथि सोधपुछको प्रक्रिया अघि बढाएको छ  ।  प्रमुख अधिकारीहरूले उक्त वेब श्रृंखला हेरेपछि सो मामिलालाई एफआईआर दर्ता गर्न अनुमति दिएको हो ।

यता भने सिरिजका कलाकार र निर्माण पक्षले माफी मागेको छ । सिरिजका निर्देशक अलि अब्बास जफरले एक विज्ञप्ति सार्बजनिक गर्दै माफी मागेका हुन् । उनले कसैको भावना र आस्थामा ठेस पुरयाउने सिरिजको आशय नभएको उल्लेख गरेका छन् । सिरिज कल्पनामा आधारित भएको भन्दै कुनै व्यक्ति या घटनासँग मिल्ने भएमा यो संयोग मात्र हो भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ