arrow

भूकम्पविद् भट्टराईले लिए विद्यावारिधिको उपाधि 

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
mukunda-bhattarai-earthquak.jpg

काठमाडौं । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत भूकम्पविद् मुकुन्द भट्टराईलाई विद्यावारिधिको उपाधि प्रदान गरिएको छ । 

बीस वर्षदेखि भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत भट्टराईलाई जापानको टोकियो विश्वविद्यालयले मङ्गलबार विद्यावारिधिको उपाधि प्रदान गरेको हो । उनले विद्यावारिधिका क्रममा गोरखा भूकम्पपछि काठमाडौँ उपत्यकाको भूकम्पीय जोखिम आकलन गरी आगामी भूकम्प जाँदा त्यसले भौतिक संरचनामा पार्नसक्ने क्षतिको बारेमा अध्ययन गरेका थिए । 

भट्टराईले सन् २०१६ मार्चमा विद्यावारिधिका लागि शोध अनुसन्धान शुरु गरेका थिए । विसं २०३१ मा अर्घाखाँचीको सुवर्णखाल गाविस–६ मन्द्रेमा जन्मिएका भट्टराईले श्री ज्योति माध्यामिक विद्यालय ठाडा अर्घाखाँचीबाट एसएलसी, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट आइएस्सी र बिएस्सी तथा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट एमएस्सी उत्तीर्ण गरेका थिए । 

उनले इन्टरनेशनल इन्स्टिच्युट अफ सिस्मोलोजी एण्ड अर्थक्वेक इञ्जिनीयरिङ जापानबाट पोष्ट ग्र्याजुएट र नेशनल ग्र्याजुएट इन्स्टिच्युट फर पोलिसी स्टडिज टोकियोमा मास्टर अफ डिजास्टर म्यानेजमेन्ट अध्ययन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ