arrow

उकालो लाग्यो सुनचाँँदीको भाउ 

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
gold-jewellery.jpg

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । बिहीबार सुन तोलामा ६ सय रुपैया बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य बिहीबार तोलामा ६०० रुपैयाँले बढेर ९३ हजार १०० रुपैयाँ भएको हो ।
  
नेपाली बजारमा त्यस्तै तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २७५ रुपैयाँ कायम भएको छ । 

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २६० रुपैयाँ रहेको थियो  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ