arrow

भारतले अनुदान स्वरुप दिएको १० लाख कोरोनाविरुद्धको खोप काठमाडौं आइपुग्यो

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
corona-vaction.jpg

काठमाडौं । भारत सरकारले अनुदान स्वरुप प्रदान गरेको कोरोना भाइरसविरुद्धको खोप एयर इन्डियाको विमानबाट काठमाडौंमा आइपुगेको छ ।

विहीबार बिहान एयर इन्डियाको विमान भारतबाट नेपालका लागि उडेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले कोरोना खोप लोड गरिएको विमान उडेको जानकारी गराएका थिए ।

खोपलाई अहिले त्रिभुवनविमानस्थलको कोल्ड स्टोरमा राख्ने तयारी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसरा दश दिनभित्र खोप देशभर पुर्याइसकिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ