arrow

भारतबाट आएको १० लाख मात्रा खोप नेपाललाई हस्तान्तरण, हप्ता दिनपछि खोप अभियान सुरु हुने

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
COVID-.png

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना विरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीमार्फत नेपाललाई खोप हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा राजदूत क्वात्राले नेपालीलाई उपहार स्वरुप उक्त खोप प्रदान गर्न पाएकोमा खुशी ब्यक्त गरे । 

हस्तान्तरण कार्यक्रममा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले खोप सहयोग गरेकोमा प्रशंशा गर्दै नेपाली जनताको तर्फबाट भारतीय जनतालाई आभार व्यक्त गरे ।

मन्त्री त्रिपाठीले खोप पहिलो चरणमा डाक्टर,नर्स तथा स्वास्थ्यकर्मी, सफाइकर्मीलाई दिइने दिइने र अब हप्ता/दश दिनमा खोप अभियान सुरु गरिने जानकारी दिए ।

भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो । 

हस्तान्तरित खोप टेकुस्थित केन्द्रिय खोप भण्डारणमा लगिनेछ । टेकुमा भण्डारण गरिएको खोप स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाइनेछ । १० लाख मात्रा एयर इन्डिया मार्फत मुम्बई नयाँ दिल्ली हुँदै काठमाडौं ल्याइएको हो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ