arrow

दिव्यमणी राजभण्डारीको हिन्दू धर्मबारेको यस्तो छ भनाई

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
divyamani-rajbhandari4.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता दिव्यमणी राजभण्डारीले नेपाली कांग्रेसले धर्मका बारेमा गरेको त्रुटिलाई सच्याउँदै लैजानुपर्ने बताएका छन् । राजधानीमा विश्व हिन्दू युवा संघको कार्यक्रममा बोल्दै नेता राजभण्डारीले २०१५ सालको घोषणापत्र तयार गर्ने क्रममा धर्मको बारेमा के गर्ने भन्ने स्पष्ट पारेको सम्झदै अहिले भएका त्रुटिहरुलाई कसरी सच्याउँदै लिएर जाने भन्ने कुरामा जानुपर्ने बताएका हुन् । 

नेता राजभण्डारीले आफू हिन्दू भएको स्पष्ट पार्दै हिन्दू परम्परालाई जोगाउन सबै एक भएर लाग्नु पर्नेमा जोड दिएका छन् । ‘यसैमा जन्म्यौं, यसैमा हुक्यौं, यसैमा बिलाउँ फुटेका भाइ जुटेर सबै छुटेको मिलाउँ’ भन्दै योगी नरहरिनाथले भनेको वाक्यांश निकै सान्दर्भिक भएको भन्दै नेता राजभण्डारीले आफ्नो परम्परा जोगाउन सबैले लाग्नुपर्ने बताएका हुन् । 

उनले देशमा भइरहेको निरपेक्षताका कारण अनुशासनहिनता धेरै बढेको दृष्टान्त सुनाउँदै यसलाई सच्याउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा उनले धर्मले सत्यताको पक्षमा लाग्नुपर्ने र सत्यलाई सहयोग गर्नुपर्ने भन्दै शिव भगवानका अर्तिलाई सम्झनुपर्ने बताए । व्यक्तिगत नभई सबै मानिसको जीवनलाई सम्झनुपर्ने पनि उनले बताए । नेता राजभण्डारीले ‘सत्यम् शिवम् सुन्दरम्’ भन्दै भगवान् शिवले संसारका सबै जातिको जीवनलाई कसरी सुन्दर बनाउने भन्नेमा लाग्नुपर्ने बताए । 

उनले सबैभन्दा बढी माता, पिता र बन्धुहरुलाई मान्नुपर्ने भन्दै कसैलाई पनि बेइमानी गर्न नहुने बताए । उनले सधैभर सबैको भलो चिताउने काम गर्नुपर्नेमा समेत जोड दिएका छन् । 
भिडियोसहित–


  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ