arrow

चिनियाँ दूतावासको ट्विटर अकाउन्ट ब्लक

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
twitter.png

काठमाडौं । टिुवटरले अमेरिका स्थित चिनियाँ राजदुतावासको आधिकारीक अकाउन्ट ब्लक गरेको छ ।चीनको सिनजियाङका उइघुर मुसलमानमाथि चिनियाँ सरकारको दमनको बचाव गरिएका पोष्ट गरेपछि उक्त अकाउन्ट ब्लक गरेको हो ।

चीनले उइघुर समुदायको मुस्लीमहरुमाथि अनेक किसिमका शोषण गर्दै आएको आरोप छ । यसबीच उइघुर मुस्लीमको जनसंख्या नबढोस् भनेर महिलाहरुको जबरजस्ती बन्ध्याकरण समेत गरेको समाचार बाहिरिएका छन् ।

चिनियाँ दुतावासले यसै विषयमा चीन सरकारको बचाव गर्दै एक समाचार सेयर गरेपछि ट्विटरले उक्त पोष्ट हटाएको थियो। ट्विटरले ब्लक गरेपछि जनवरी ९ देखि उक्त ट्विटर ह्यान्डलबाट कुनै सामग्री पोष्ट भएको छैन् ।

उक्त ट्वीटर ह्यान्डल अहिले सक्रिय छैन। ब्लक हटाइएपछि उक्त ट्विटर फेरि सक्रिय हुनेछ। यो अकाउन्टबाट अब, 'उइघुर महिलाहरु बच्चा जन्माउने मेशिन नहुँने' भन्ने समाचार सेयर गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ