arrow

बहुमत दिने जनताको गुन बिर्सने कम्युनिष्ट लाल गद्दार : नेता बिष्ट

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ माघ ८ बिहिबार
diwan-bista.JPG

कञ्चनपुर । आपसी डाहाले जनताको नासो संसद ध्वस्त पार्दै जनमतको गला रेट्ने कम्युनिष्ट लाल गद्दार भएको नेपाली कांग्रेस कञ्चनपुरका नेता तथा पुर्व सांसद दिवान बिष्टले बताएका छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको अधिनायकवादी र असंवैधानिक कदमका बिरोधमा नेपाली कांग्रेसले कञ्चनपुरको पुनर्वास ११ स्थित अमरबस्तीमा बिहिवार आयोजित बिरोध सभामा बोल्दै नेता बिष्टले भने -एउटा पार्टी मिलाउन नसक्ने यि कम्युनिष्ट बाट देश चलाउन नसक्ने तथ्य प्रमाणित बनेको छ ।

नेता बिष्टले भने - 'जनताले बिश्वास गरि प्रचण्ड बहुमत दिएर नेकपालाई सरकारमा पठाएको जनताको त्यो गुन बिर्सेर कम्युनिष्टहरु सत्ता लिप्सा र अधिनायकवादी शैलीमा सर्व सत्तावादी निरंकुश बन्न खोजे । जिल्लाको दक्षिणी सीमान्त पुनर्वासको अमरबस्तीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेता बिष्टले भने - दुई तिहाई बहुमत दिने जनताको त्यो गुन बिर्सने यि कम्युनिष्ट लाल गद्दार हुन ।'

जब जब देश कठिन अबस्थामा पुग्छ त्यो त्यो बेला कांग्रेसलेनै देश र जनतालाई निकास दिँदै आएको छ अब पनि देशको लोकतन्त्र र जनताको सार्वभौम सत्ता जोगाउन कांग्रेस सडकमा आएको नेता बिष्टले बताए ।

कञ्चनपुरको पुनर्वास स्थित अमरबस्तीमा आयोजित बिरोधसभामा नेकपा र राप्रपा परित्याग गरि एक दर्जन कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गर्नेहरुमा ०७४ को स्थानीय निर्वाचनमा राप्रपाबाट वडा अध्यक्षका उम्मेदवार नरबहादुर खडका , कृष्ण बहादुर तामाङ , गोरख खड्का नेकपा परित्याग गरि लालबहादुर बोगटी ,दुर्गाबहादुर तामाङ ,बिमला तामाङ ,कृष्ण चौधरी , तारा न्युरे ,धन बहादुर खड्का लगायतका स्थानीय कार्यकर्तालाई नेता बिष्टले कांग्रेसमा भित्र्याएका थिए ।

नेपाली कांग्रेसका वडा सभापति प्रेम्सिंह ठगुन्नाको अध्यक्षतामा आयोजित बिरोध सभामा नगर उपसभापति तुलसी अर्याल , बिद्यार्थी नेता कुलैराज उपाध्यायले मनतब्य राखेको कार्यक्रमको संचालन देवबहादुर सिहले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ