arrow

कांग्रेस चुनावको तयारीमा लागेको होइन, आन्दोलनमा केन्द्रित छ : सभापति केसी

logo
प्रकाशित २०७७ माघ ८ बिहिबार
congress-pokhara1.JPG

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले नेपाली कांग्रेस चुनावमा होइन आन्दोलनमा रहेको स्पष्ट पारेका छन् । उनले कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भएकोले देशैभर आन्दोलन गरिरहेको बताए ।

 नेपाली जनता र अन्य पार्टीले कांग्रेस चुनावमा लागेको हो कि भन्ने आशंका गरिरहेको भन्दै उनले भने, ‘पार्टी अहिले चुनावमा लागेको होइन । प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा उत्रिएको हो ।’वर्तमान सरकारप्रति जनताका धेरै आशा, भरोषा र विश्वास रहेता पनि त्यो सबै भतांभुंग भएकाले आन्दोलमा उत्रिनुपरेको सभापति केसीले स्पष्ट पारे ।

कांग्रेसको केन्द्रीय नीति अनुरुप बिहीबार प्रत्येक स्थानीय तहमा भएको विरोधसभा अन्तर्गत पोखरा ३२ लाई संवोधन गर्दै उनले प्रधानमन्त्री ओलीलाई नेपाली राजनीतिक इतिहासकै सफल, असल र लोकप्रिय भन्ने अवसर भए पनि इतिहासकै सबैभन्दा कलंकित भएको आरोप लगाए ।

जनताका गाली खाएर भए पनि नेपाली कांग्रेसले सरकारको हरेक राम्रा काममा सहयोग र समर्थन गरेको भन्दै सभापति केसीले सरकारले कांग्रेसको यो नीतिलाई कमजोरीको रुपमा लिएर देशलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाए ।

कांग्रेसका महासमिति सदस्य बुद्धिमान गुरुङले प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको आरोप लगाए । सरकारले विकासको नाममा मोजमस्ती र देश लुट्ने कामबाहेक केही नगरेको उनले बताए ।

पार्टीका जिल्ला सदस्य गणेश बहादुर केसीले कम्युष्टिले मुलुकलाई दुर्घटनाको संघारमा पुर्याएकाले त्यसलाई जोगाउन कांग्रेसले सशक्त प्रतिकार गर्न आवश्यक रहेको बताए ।

पार्टीका महानगर सचिव शिव अधिकारीले कम्युनिष्ट सरकार लाजै नमानि नांगै हिंडेको आरोप लगाउँदै कम्युष्टिसंग सहकार्य गरेर हिंड्न कांग्रेसलाई शर्म लागेको बताए ।

तरुण दलका वडासभापति कुमार थापा क्षेत्रीले मुलुकमा कम्युनिष्ट सरकार नफाप्ने भन्दै यस्ता शक्तिलाई परास्त गर्नकै लागि कांग्रेस सडकमा आएको बताए । अपांग समन्वय समितिका उपाध्यक्ष मोहनकुमार प्रधानले कम्युनिष्ट अतिवादी र अधिनायकवादी सरकारलाई फालेरै छाड्ने उद्घोष गरे ।

पार्टी सभापति दोलराज पण्डितको सभापतित्वमा भएको कार्यक्रममा महिला सभापति पदमा गिरी, युवा नेता मेघराज पौडेल, नेता दुर्गालाल पण्डित उससभापति चेतबहादुर गुरुङ र सचिव किशान परियारलगायतले बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ