arrow

हेटौंडामा शंकास्पद बस्तु फेला, पिकअप भ्यानमा आगजनी  

logo
 रबिन्द्र गौतम, 
प्रकाशित २०७७ माघ १० शनिबार
heduda.jpg

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ मनकामना चोकमा भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

शनिबार विहान सडकको बिचमा झोलाभित्र शंकास्पद बस्तु भेटिएपछि स्थानीय त्रसित बनेका थिए । उक्त शंकास्पद बस्तु बम हो वा होइन  एकिन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै मकवानपुरको मनहरी खोला बगरमा पनि शंकास्पद वस्तु भेटिएको छ । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ र मनहरीको सिमानामा पर्ने खोप्लासीस्थित बम लेखिएको शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

त्यस्तै नेत्र विक्रम चन्द ‘विप्लव समूह’ नेकपाको कार्यकर्ताले मकवानपुरमा पिकअप भ्यानमा आगजनी गरेको छ ।

शनिबार बिहान हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यान इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ हुमानेमा विप्लवका १५ देखि २० जनाको टोलीले हतियार देखाएर आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको उक्त गाडी आगजनीबाट पुर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासकुमार तामाङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ