arrow

चार बर्षपछि राजेश हमाल चलचित्रमा, ‘सत्यम्’मा गरे साइन 

logo
प्रकाशित २०७७ माघ १० शनिबार
rajesh-hamal.jpg

काठमाडौं । चलचित्र अभिनयबाट टाढा रहेका अभिनेता राजेश हमालले नयाँ चलचित्र ‘सत्यम्’मा साइन गरेका छन् । यसै हप्ता सत्यममा साइन गरेका उनले निर्माण टिमसँग आठ महिना लामो छलफलपछि चलचित्र गर्न तयार भएका हुन् ।

 ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्रमा हमालको भूमिका महत्वपूर्ण रहने छ ।

चलचित्रमा अनुप विक्रम शाही पनि अनुबन्ध भएका छन् । चलचित्रमा उनी भिलेनको रुपमा प्रस्तुत हुनेछन् ।

यसअघि चलचित्र ‘सौर्य’ मा एकसाथ काम गरेका हमाल र शाहीको ‘सत्यम्’ मा भिडन्त हेर्न पाइनेछ ।

चलचित्रका लागि अहिले दुवैले आफ्नो लुक्स परिवर्तनमा मेहनत गरिरहेका छन् । 

बाँकी कलाकार भने अडिसनबाट छानिनेछ । यो चलचित्रको लकडाउनको समयमा सामाजिक सञ्जालबाट निर्माण घोषणा गरिएको थियो ।  हमाल स्क्रिप्ट र आफ्नो भूमिका चित्त बुझेपछि चार वर्षपछि चलचित्रमा फर्किने निर्णय गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ