arrow

वरुण धवनले नताशासँग गाँठो कसे, आयो तस्वीर बाहिर

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
barun-dhawan-natasha-marria.JPG

काठमाडौं । बलिउड अभिनेता वरुण धवन विवाह बन्धनमा बाँधिएका छन् । उनी लामो समयदेखिको लभ अफेयरलाई विवाहमा परिणत गर्ने क्रममा नताशा दलालसँग बाँधिएका हुन् । 

अलिबागको बिच रिजोर्ट द मेन्सन हाउसमा दुवैले सात फेरो लिएका हुन् । उनको बिहेको पहिलो तस्वीर बाहिर आएको हो ।

तस्वीरमा दुवै निकै खुशी देखिएका छन् । वरुणले आफैले बिहेका यी तस्वीरहरु इन्स्टाग्राममा राखेका हुन् । विवाहमा बलिउडबाट केही सेलिब्रिटी पुगेका थिए । 

करण जोहर, मनिष मल्होत्रा, जोआ मोरानी लगायत पुगेका थिए ।  

तस्वीरमा वरुणमा पिता निर्माता डेभिड धवन निकै खुशी देखिएका छन् । 


आइतबार जनवरी २४ मा भएको बिहेको हल्दीको कार्यक्रम दिउँसो १ बजे, विवाहको कार्यक्रम ४ बजेपछि शुरु भयो । 

बेलुकी ७ बजे मेन्सन हाउसमा बिहेको बाजा बज्यो । वरुणको प्रवेश भएपछि ‘हिरिये सेहरा बाँध के मैं तो आया रे......’ गीत बजेपछि अगाडि बढ्यो बिहेको कार्यक्रम । 

२ फेब्रुअरीमा मुम्बईमा जेडब्लु मेरिएटमा रिसेप्सन हुनेछ । यो जोडी हनिमुनका लागि टर्की जानेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ