arrow

दुई सय सात जनालाई न्यानो कपडा, पाउनेहरु दंग

logo
प्रकाश बम
प्रकाशित २०७७ माघ १३ मंगलबार
kapada2.jpg

डोटी । डोटीको पुर्बीचौकी गाउँपालिका-७ पोखरीमा वृद्धवृद्धा ,एकल महिला, अनाथ बालबालिका र अतिबिपन्नलाई न्यानो कपडा वितरण गरिएको छ। 

'मानवीय सेवामा अनेकौं प्रयास' संस्था धनगढीको सहयोगमा चिसोबाट बच्न न्यानो कपडा वितरण गरिएको हो। 

चिसोबाट बच्नका लागि वडामा रहेका २ दुई सय ७ जनालाई सोमबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको संस्थाका अध्यक्ष भत्तmराज जोशीले बताए।

संस्थाको केयर एन्ड रिलिफ परियोजना अर्न्तगत ज्येष्ठ नागरिक वृद्धवृद्धा, एकल महिला ,अनाथ बालबालिकालाई ‘ब्लाकेट’ वितरण गरिएको अध्यक्ष जोशीले हाम्राकुरालाइ जानकारी दिए। उनले भने,‘हामी निरन्तर रुपमा सामाजिक कार्यमा लागि रहेका छौं । समाज रुपान्तरणको अभियानमा हाम्रो प्रयास जारी रहने छ ।’
        
संस्थाले प्रदान गरेको सेवा लिन आएकी ज्येष्ठ नागरिक  ८६ वर्षीया खिनादेवी वडैलाले गाउँमै आएर जाडोको मौसममा न्यानो कपडाअन्तर्गत ब्लाकेट दिएकोमा खुसी व्यक्त गरिन् ।

उनले भनिन्, ‘जाडोमा न्यानो कपडा दिनुभयो, खुसी लागेको छ, धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।’ बितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष अम्मर चयडा, प्रकाश साउदले जाडोको समयमा चिसोबाट बच्नका लागी वडामा रहेका बिपन्न बर्गका नागरिकलाई राहत पुग्ने बताए । यस्ता कार्यक्रमलाई निरन्तरता दिन जोड दिए।

सामाजिक कार्य गर्दै आएका जोशीलाई धन्यवाद दिदै काङ्ग्रेस नेता कुबेर खड्काले स्वास्थ शिविरको लागी सहयोग गरिदिन अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ