arrow

५० करोड फेसबुक प्रयोगकर्ताको फोन नम्बर 'लिक'

प्रति नम्बर २० डलरका दरले बिक्रीमा

logo
प्रकाशित २०७७ माघ १३ मंगलबार
fb-details-leaked.jpg

काठमाडौं । फेसबुक प्रयोगकर्ताको फोन नम्बर भएको डेटाबेसमा पहुँच बनाएर एक व्याक्तिले बिक्रीमा राखेको खुलेको छ ।सेक्युरेटी अनुसन्धानकर्ता एलन गलका अनुसार ती व्याक्तिसँग करिब ५० करोड प्रयोगकर्ताको नम्बर रहेको छ ।

टेलिग्राम बुटको माध्यमबाट अहिले प्रति नम्बर २० डलर मूल्य तोकेर उनले बिक्री गरिरहेको खुलेको छ ।फेसबुकमा प्रयोगकर्ताको नम्बर लिक हुने समस्या सन् २०१९ मा सामाधान गरिएको थियो । ती व्याक्तिसँग सन् २०१९ सम्मकै नम्बर भएको बताइएको छ ।

तर, अधिकतम मान्छेसँगै त्यतिबेलाकै नम्बर हुनसक्ने भएका कारण यसले व्याक्तिगत जानकारीको खतरा उत्पन्न गराएको छ ।

एक सयभन्दा बढी देशका ५० करोडभन्दा बढी व्याक्तिको नाम, फोन नम्बरलगायतका विभिन्न सुचनाहरु बिक्रीका लागि टेलिग्राम बुटमा राखिएको सेक्युरेटि अनुसन्धानकर्ता एलन गलले ट्विटरमार्फत बताएका छन् ।

यो बुट सन् २०२१ को जनवरी १२ देखि चलिरहेको छ । ती व्याक्तिले ५ हजार डलरमा १० हजार व्याक्तिको सुचना दिने गरेर समेत मूल्य तोकेको छ ।

अहिले टेलिग्रामलाई यो बुट बन्द गर्न निर्देशन दिइएको छ या के भइरहेको छ भनेर थप जानकारी आएको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ