arrow

कांग्रेस तत्काल सरकारमा जाने सम्भावना छैन : डा.कोइराला

logo
प्रकाशित २०७७ माघ १७ शनिबार
shaker1.jpg

सर्लाही । नेपाली काँग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संसद् पुनःस्थापना नहुने र आगामी बैशाखमा निर्वाचन पनि नहुने अवस्था आएको खण्डमा देशमा द्वन्द्व उत्पन्न हुने खतरा रहेको बताएका छन् ।

डा.कोइरालाले सर्वोच्च अदालतले निर्वाचनको पक्षमा निर्णय सुनाए काँग्रेस त्यसैलाई मानेर निर्वाचनको तयारीमा लाग्ने पनि बताए ।

नेपाल प्रेस युनियन सर्लाहीले शनिवार हरिवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले लोकतान्त्रिक पार्टी काँग्रेसले अदालतको निर्णय जहिल्यै पनि स्वीकार गर्ने बताए । संसद् पुनःस्थापना वा निर्वाचन भन्ने सम्वन्धमा अदालतले चाँडो निर्णय दिनुपर्नेमा जोड दिए ।

उनले संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरी संसद् विघटन गरिएकाले काँग्रेस सँधै यसको विपक्षमा नै उभिने प्रष्ट पारे । बाहिर हल्ला भएजस्तो काँग्रेस तत्काल सरकारमा जाने कुनै सम्भावना नरहेको नेता कोइरालाको भनाइ छ ।

कोइरालाल कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेकाले आफूहरु प्रतिपक्षमै बस्ने पनि बताए । फरक प्रसंगमा अब हुन लागेको महादिवेशनमा आफू सभापतीको उम्मेदवार रहेको दोहोर्‍याए । जसका लागि अग्रजहरुसँग छलफल गरेर निचोडमा पुग्ने कोइरालाको भनाई थियो । 



नयाँ