arrow

अन्ततः सशस्त्रमाथि आर्मीले लियो बदला

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
pm-cup-cricket-2077-army.jpg

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको उपाधि जितेको छ । आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३३ रनले हराउँदै पहिलो पटक उपाधि चुमेको हो ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एपीएफले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौं विकेट गुमाउँदै २११ रन बनायो । २१२ रनको विजय लक्ष्य पछ्याउने क्रममा एपीएफले ४१ दशमलव  तीन ओभरमा सबै विकेट गुमाउँदै १७८ रन मात्र बनायो । 

आर्मीले यो खेलमा अनिल मण्डल र सुशन भारीलाई प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदानमा पठाएको थियो । पहिलो विकेटका लागि दुवै जनाले ३२ रनको साझेदारी गरेका थिए । भारीले १३ तथा मण्डलले ११ रन बनाए । आर्मीका लागि भीम सार्कीले सात, रोहित पौडेलले १३, कप्तान विनोद भण्डारीले सातm हरि चौहानले ५८, लोकेश बलमे १५ तथा साहब आलमले २५ रनको योगदान दिए । 

बलिङतर्फ अभिनाश बोहोराले चार तथा किशोर महतोले दुई विकेट लिए । जवाफी ब्याटिङ गर्ने क्रममा एपीएफका लागि आशिफ शेखले ६१, शंकर रानाले २१, सुवास खकुरेलले १४, सुमित महर्जनले १९ तथा सन्दीप जोराले २९ रन बनाए । 

बलिङतर्फ आर्मीका लागि विक्रम सोब, जितेन्द्र मुखिया र साहब आलमले तीन तीन विकेट लिए । एपीएफको कप्तानी शरद भेषावाकरले तथा आर्मीको नेतृत्व विनोद भण्डारीले गरेका थिए । । 

एपीएफले नेपाल पुलिस क्लबलाई तथा आर्मीले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । समूह ‘ए’ मै रहेका दुवै टोली अन्ततः फाइनल प्रवेश गर्न सफल भएका थिए । समूह चरणमा एपीएफले आर्मीलाई हराएको थियो । फाइनलमा आर्मीले बदला लियो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले रु १० लाख तथा उप विजेताले रु पाँच लाख पुरस्कार प्राप्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ