arrow

यी हुन् मैदानमा उत्रने ‘स्टार क्रिकेट’ का कलाकार र खेलाडीहरु 

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
star-cricket.jpg

काठमाडौं । माघ २४ गते कलाकारहरुले क्रिकेट खेल्दैछन् । ‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले जनस्तरको सहयोगमा चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा २४ गते ‘स्टार क्रिकेट २०२१’ हुन लागेको हो । 

रंगशाला निर्माणको अभियानमा सहयोग गर्ने उद्देश्यले गृष्मा ब्रोडकास्टिङको आयोजनामा हुन लागेको क्रिकेट प्रतियोगितामा देशका चर्चित कलाकार तथा खेलाडीहरुको सहभागिता रहने जनाइएको छ ।
 
शनिबार एक कार्यक्रमबीच च्यारिटी खेल हुन लागेको हो । उक्त खेलमा पारस खड्का, दीपक विष्टसहितका खेलाडीहरु मैदान उत्रने छन् । त्यस्तै कलाकारतर्फ सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, दयाहाङ राई, सन्दीप क्षेत्री, प्रमोद खरेल, रामकृष्ण ढकाल, नम्रता श्रेष्ठ, बेनिशा हमाल, बद्री पंगेनी, प्रकाश सपुत लगायतले क्रिकेट खेल्नेछन् ।
 
दुई समुहमा बाँडिएको क्रिकेट प्रतियोगिताको एउटा समूहलाई धुर्मुस र अर्को समूहलाई सुन्तलीले नेतृत्व गर्नेछन् । ४० भन्दा बढी सेलिब्रेटीहरुको सहभागिता रहने  ‘स्टार क्रिकेट २०२१’ बाट उठेको सम्पूर्ण रकम क्रिकेट रंगशाला निर्माणका लागि प्रदान गरिने आयोजक संस्था गृष्मा ब्रोडकास्टिङले जानकारी दिएको छ । यो प्रतियोगितामा भरतपुर महानगरपालिकाले पनि सहकार्य गर्दैछ ।
 
चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने योजना अनुसार ‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले आर्थिक अभावका बीच पनि रंगशाला निर्माणको कार्य तिब्र गतिमा अघि बढाउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ