arrow

मोवाइल एशोसिएसन अफ नेपाल मकवानपुरको पदस्थापन कार्यक्रम सम्पन्न

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
pabendra.jpg

हेटौंडा । मोवाइल एशोसिएसन अफ नेपाल मकवानपुर (म्यान) को नयाँ कार्य समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

गत पुस २५ गते निर्वाचित भएको म्यानको नयाँ कार्यसमितिलाई शुक्रबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरि पदस्थापना तथा प्रमाण पत्र प्रदान गरिएको हो ।

म्यान मकवानपुरका निवर्तमान अध्यक्ष एसिस रिजालले अध्यक्षमा निर्वाचित दिनेश लामालाई नयाँ कार्यकालका लागि अध्यक्षको पदभार दिलाएका हुन् ।

नवनिर्वाचित अध्यक्ष लामालाई निर्वाचन आयुक्त छतेन्द्र आचार्यले सपथ गराएका थिए । त्यसैगरी अध्यक्ष लामाले कार्य समितिका अन्य पदाधिकारीलाई पदभार ग्रहण गराएका थिए ।

निर्वाचनबाट म्यानको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद न्यौपाने, उपाध्यक्षमा कुमारमणि त्रिपाठी, महासचिवमा राजकुमार दाहाल, सचिवमा शिवराज बास्तोला, कोषाध्यक्षमा नवराज चौलागाई र सहकोषाध्यक्षमा अनिल बानियाँ चयन भएका थिए ।

त्यसैगरी सदस्यमा राकेशकुमार केसी, नवराज त्रिपाठी, विशाल श्रेष्ठ, कृष्ण श्रेष्ठ, मिलन स्याङ्तान र प्रविण वैद्य चयन भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ