arrow

जसले लक्ष्मण, भरत र हनुमानलाई बनाए भान्से

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
shree-ram-bharat.jpg

काठमाडौं । धर्मशास्त्रहरूमा कथा आउँछ, एक भक्त थिए । खानमा उनको विशेष रुचि थियो। उनले आफ्नो गुरुलाई भने, महाराज! तपाईको आज्ञा भए म अलग्गै बसुँ?' किनकि उनी थौरै खानाले अगाउदैनन् थिए । यसकारण गुरुले भने, 'तिमि सेवा केहि नगर्नु बस खाइरहनु ।' पंक्तिमा बसेका मानिसहरू खाएर उठिसके, फेरि अर्को मानिसहरू पनि बसेर  खाइसकेर गईसके, तर ती भक्तले खाई नै रहे।

एक दिन गुरुले भने, 'आज एकदशीको व्रत छ, यसकारण केहि खानेकुरा बन्ने छैन ।'
ती शिष्यले भन्छन्, 'महाराज! मेरो के होला? म त भोकले मर्नेछ ।
तब आचार्य भन्छन्, 'यदि तिमिलाई खानु छ भने यसो गर यहाँबाट खाने समानहरू लगेर नदीको किनारमा जाउँ अनि त्यहिं खाना पकाएर खानु। खानुभन्दा  पहिले भगवानलाई भोग लगाउनु अनि मात्र खानु. तर यहाँ आश्रममा खाना बन्ने छैन ।'

ती भक्त खानेकुराको सबै समान लिएर नदीको किनारमा गए अनि खाना बनाएर उनले भगवानलाई भोग लगाउन भगवानलाई पुकारे। वहाँ नदीको किनारमा भगवान आफ्नो साथमा माता सीतालाई पनि लिएर आउनुभयो ।  भक्तले केहि आत्तिदै भने, 'प्रभु! मैले त तपाईलाई मात्र भोग लगाउन बोलाएको थिएँ, अब भोजन ग्रहण गर्नुहोस्। मैले तपाई र मेरो लागि मात्र खाना बनाएको थिएँ, तपाईले  त माता सीतालाई पनि लिएर आउनुभएछ, अब मेरो लागि  केहि खानेकुरा बाँकी छैन ।'

भगवान श्री राम र माता सीताले भन्नुभयो, 'भक्त! हामी दुवैले भोजन अवश्य ग्रहण गर्नेछौं, जो  तिमीले बड़ो प्रेम-भावले बनाएका छौ ।' प्रभु राम र सीताले भोजन ग्रहण गर्नुभयो।

फेरि केहि दिनपछि अर्को एकादशी व्रत आयो। आचार्यले भने, तिमि खानेकुराको समान लगेर त्यहि नदीको किनारमा जाउ।'
शिष्य भन्छन्, 'मलाई पहिलेको भन्दा बेसी समान चाहिन्छ, किनभने भगवानले माता सीतालाई पनि साथमा लिएर आउँनु हुन्छ, मेरो लागि खानेकुरा केहि बाँच्दैन, म भोकै रहन्छु ।'
आचार्यले भन्छन्, 'जति समान चाहिन्छ लगेर जाउ।'

 जब ती भक्तले एकादशीको दिन नदीको किनारमा खाना बनाएर भगवानलाई भोग लगाउनु पुकारे, प्रभु रामले माता सीता र भाई लक्ष्मणलाई पनि साथमा लिएर आउनुभयो।  भक्तले भन्छन्, 'प्रभु! आज त तीनजना आउँनुभयो, जबकि मैले  दुईजनाको लागि मात्र भोजन बनाएको थिएँ ।'

त्यो दिन पनि  भक्त भोकै रहे । फेरि एक महिनापछि अर्को एकादशी आयो, भक्तले आचार्यलाई भन्छन्, 'मलाई दुई-तीनजनाको खाने समानले पुग्दैन, अझा बेसी चाहिन्छ ।'
आचार्यले भन्छन्, 'तिमि यत्रो खाने समान लगेर के गर्छौ? कहिं बजारमा बेच्दै त छैनौ ?' तब उनको गतिविधि आचार्यले लुकेर हेर्छन् । ती भक्त नदीको किनारमा गए, प्रेम-भावले खाना पकाए अनि भोग लगाउन प्रेमसंग भगवानलाई पुकारे-'प्रभु! आउनुहोस् भोग लगाउनुहोस् ।'

 तब प्रभु राम माता सीता, भाई लक्ष्मण, भरत अनि हनुमानलाई साथमा लिएर आउनुभयो । त्यो देखेर सीधा-सरल उदय भक्त आत्तिए र भने, 'प्रभु! अब  आफै पकाउनुहोस अनि आफै भोग लगाउनुहोस्, म यति धेरै मानिसलाई खानापकाउन सक्दिन ।'

आचार्य देख्छन् खाना पकाउन लक्ष्मण, भरत, हनुमान सबै लागेका छन् । आचार्य त्यहि समय भक्तको चरणमा पर्छन्  र भन्छन्,'तिमिले आज मलाई प्रभु राम माता सीता, लक्ष्मण,  भरत र हनुमानको साक्षात दर्शन गरायौ तिम्रो भक्ति भावना एकदमै श्रेष्ठ छ । तिम्रो पवित्र भावनाले प्रभु राम सबैलाई साथमा लिएर आउनुभयो र खाना पनि आफै बनाइरहनुभएको छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ