arrow

म्यानमारमा गरिएको सैनिक 'कू' को विरोधमा नेवि संघद्वारा पाटन क्याम्पसमा प्रदर्शन

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
anilkhanl.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ, पाटन क्याम्पस ईकाइले म्यानमारमा गरिएको सैनिक कू को विरोधमा ललितपुरमा प्रदर्शन गरेको छ । नेवि संघका पूर्वकेन्द्रिय सदस्य लाओसकुमार राईको अगुवाइमा क्याम्पस परिसरमा प्रदर्शन गरेका हुन् ।

म्यानमारमा सोमबार विहानै त्यहाँको प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी, राष्ट्रपतिलगायत नेतालाई नियन्त्रणमा लिएर सेनाले शक्ति हातमा लिएको छ ।

नोभेम्बरमा सम्पन्न निर्वाचनमा आफूसमर्थित दलको पराजय र सुकीको दलले दुई तिहाईभन्दा बढी सिटमा विजय पाएपछि सेनाले सत्तापलट गरेको हो ।

कार्यक्रममा नेवि संघ पूर्व केन्द्रिय सदस्य राई, पूर्व केन्द्रिय सदस्य अनिल खनाललगायतले सुकीलाई तत्काल रिहा गर्न माग गर्दै निरंकुश शैलीको घोर विरोध जनाए । राईले भने, ‘म्यानमारमा मात्र होइन यस्ताखाले कू विश्वका कुनैपनि देशमा भएका त्यो मान्य हुँदैन, यसका विरुद्ध विश्वभरका लोकतन्त्रप्रेमीहरु एकठाउँ उभिनुपर्छ ।’



नयाँ