arrow

एलन मस्कले अरबपति जारेदसहित चार जनालाई यस वर्ष अन्तरिक्ष भ्रमणमा पठाउने

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
spacex2.jpg

काठमाडौं । अन्तरिक्ष अन्वेषणका लागि एलन मस्कले खोलेको कम्पनी स्पेस–एक्स्ले यस वर्ष अन्तरिक्ष भ्रमणमा मानिस पठाउने भएको छ ।'सिफ्ट फोर' पेमेन्ट कम्पनीका सिइओ जारेद आइज्याकम्यान प्रभाईभेट मिशनमा अन्तरिक्षमा जाने भएका हुन् । उनले आफूसँगै अन्य तीन जना आफ्नै खर्चमा लैजाने छन् ।

३७ वर्षीय जारेदले दान केन्द्रित योजनाबाट अन्य तीन जना छान्ने भएका छन् । जारेदले सेन्ट चिल्ड्रेन्स रिसर्च अस्पताललाई १० करोड डलर दान गरेका छन् । यो दान २० करोड पुर्‍याउन उनले १० डलर दान गर्न माग गरेका छन् ।

यसरी दान गर्ने मध्येबाट ३ जना छानिने छन् । एक जना छानिइसकिएको र बाँकी दुई आउँदो हप्तामा छानिने बताइएको छ ।

अरबपति व्यापारी जारेद पाइलट समेत हुन् । इन्सपाइरेशन-४ नाम दिइएको यो मिशन नासाको केन्नेडी स्पेस सेन्टर फ्लोरिडाबाट स्पेस–एक्सको फाल्कोन-९ रकेटबाट प्रक्षेपण हुनेछ ।

अन्तरिक्षमा जानेहरूलाई विशेष किसिमको तालिम दिइनेछ । शून्य ग्र्याभिटि, माइक्रो ग्र्याभिटिमा कसरी व्यवस्थित हुने र तनाव अर्थात् स्ट्रेस मापन लगायतका कुराहरू तालिममा समावेश हुनेछन् । सबै जनालाई मानसिक र शारीरिक रूपमा फिट बनाइनेछ ।

उनीहरूले अन्तरिक्षमा २ देखि ५ दिनभन्दा बढी बिताउँछन सक्नेछन् । उनीहरू रहने स्थानबाट ड्र्यागनले ९० मिनेटमा पृथ्वीको परिक्रमा गर्न सक्नेछ ।

स्पेस–एक्सले यसअघि नासाका दुई अन्तरिक्ष यात्रीलाई आफ्नो विमानबाट अन्तरिक्षमा पुराइसकेको छ ।

मस्कको योजना अनुसार इतिहासमै पहिलो पटक स्पेस–एक्सको रकेट अन्तरिक्षमा पुगेर फिर्ता आउन सफल भइसकेको छ ।

अब, अन्तरिक्ष भूउपग्रह, खाद्यान्नलगायतका सामान पुर्‍याउनदेखि मान्छे नै जान लाग्ने खर्च सस्तो हुँदै जानेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ