arrow

बुद्धलाई ब्राह्मणको प्रश्न- तपाई को हो ?

logo
बुद्ध,
प्रकाशित २०७७ माघ २० मंगलबार
gautam-buddha1.jpg

काठमाडौं । एक दिन गौतम बुद्ध उक्कट्ठा र सेतव्य भन्ने दुई सहरको मध्य भागमा रहेको मार्गबाट गइरहनुभएको थियो । बिच बाटोमा द्रोण भन्ने ब्राह्मणले वहाँको पैतलाको चिन्ह देख्यो । त्यो देखेर अवश्य पनि यो कुनै मनुष्यको हुन सक्दैन भनी पैतालाको चिन्ह हेर्दै अगाडि बढे । त्यस बेला भगवान् बुद्ध बाटोको छेउमै रहेको रुखमुनि बस्नुभएको थियो । द्रोण ब्राह्मण अति नै शान्त स्वभावले बस्नुभएका तेजस्वी शान्ताको अगाडि गएर यसरी प्रश्नहरू सोध्न थाले :

ब्राह्मण- के तपाई देवता हो ? बुद्ध- ब्राह्मण म देवता होइन । ब्राह्मण- के तपाई गन्धर्व हो?, बुद्ध- ब्राह्मण म गन्धर्व होइन । ब्राह्मण- के तपाई यक्ष हो ?, बुद्ध-ब्राह्मण म यक्ष होइन । ब्राह्मण- क तपाई मानव हो?, बुद्ध- ब्राह्मण म मानव पनि होइन ।

ब्राह्मण- म तपाईँसँग देवता हो भनी सोध्दा पनि होइन भन्नुहुन्छ । गन्धर्व हो की यक्ष हो की मानव हो की भनेर सोध्दा पनि होइन भन्नुहुन्छ, त्यसो भए तपाई को हुनुहुन्छ त?

बुद्ध-ब्राह्मण यदि म देवता भएको भए देवताहरूसँग हुने कामादि आश्रवहरु मभित्र पनि हुनु पर्दछ तर मैले ती सबै आश्रवहरु प्रहीण गरिसकेको छु । जरादेखि नै उखालेर फ्याँकिसकेको छु । त्यस कारणले गर्दा म देवता होइन । ब्राह्मण यदि म गन्धर्व भएको भए गन्धर्वहरू भित्र भएको कामादि आश्रवहरु मभित्र पनि हुनु पर्दछ । तर ती सबै प्राहीण गरिसकेको छु, त्यस कारण म गन्धर्व होइन । ब्राह्मण यदि म यक्ष भएको भए यक्षभित्र भएको कामादि आश्रवहरु मभित्र पनि हुनु पर्दछ । तर ती सबै प्रहीण गरिसकेको छु, त्यस कारण म यक्ष पनि होइन । यदि म मानव भएको भए मानवहरू भित्र भएको कामादि आश्रवहरु मभित्र पनि हुनु पर्दछ । तर ती सबै प्रहीण गरिसकेको छु, त्यस कारण म मानव पनि होइन ।

ब्राह्मण जसरी कमल फूल पानीमा उम्रेर पानीमै हुर्कर पानीबाट नै छुट्टिएर फुल्दछ, त्यस्तै म पनि संसारका मान्छेहरू बिचमा जन्मिएता पनि हुर्किएता पनि ती मान्छेहरूसँग घुलमिल नभएर छुट्टिएर बसेको, मान्छेहरू भित्र रहेका दुर्बल गति नभएको, दुर्बल गति प्रहीण गरेको उत्तम महामानव हुँ। म गौतम बुद्ध हुँ । मेरो पहिचान नै "बुद्ध" हो । आनन्दभूमिबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ