- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय बिहीबार एक दिन बन्द हुने भएका छन् । वडा नं ४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधनको शोकमा सबै कार्यालय बन्द गरिने भएका हुन् ।
वडाध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै कार्यपालिकाको बैठकले गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय गरिएको अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।
कलेजोमा समस्या देखिएपछि लामो समयदेखि उपचारत रहेका ३८ वर्षीय वडाध्यक्ष रानामगरको उपचारकै क्रममा मङ्गलबार राति भारतको मेदान्त अस्पतालमा निधन भएको थियो ।
उनका श्रीमती र एक छोरी छन् । रानामगर नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।