arrow

भारत र इङ्गल्याण्ड मैदानमा, विराट र रोहित एक वर्षपछि साथमा

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
virat-rohit.jpg

काठमाडौं । भारत र इङ्गल्याण्डबीचको चार खेलको टेष्ट क्रिकेट सिरिज शुक्रबारदेखि शुरु भएको छ । पहिलो खेल भारतको चेन्नईमा शुरु भएको हो । शुक्रबार बिहान टस जितेर इङ्गल्याण्डले पहिले ब्याटिङ्ग गरिरहेको छ । 

यो खेलमा भारतको विराट कोहलीले र इङ्गल्याण्डको जो रुटले कप्तानी सम्हालेका छन् । यो खेलमा कोहलीले कुलदीप यादवको स्थानमा बायाँ हाते बलर शाहबाज नदीमलाई टिममा सामेल गरेका छन् । 

एक वर्षपछि अर्थात् ३७२ दिनपछि पहिलो पटक भारतीय दुई ब्याट्सम्यान विराट कोहली र रोहित शर्मा सँगसँगै खेलिरहेका छन् । 

यी दुई खेलाडी भएपछि एकाएक भारतको जितको आशा बढ्ने गरेको छ । दुवै खेलाडी टिममा रहेर अहिलेसम्म साथसाथ २७७ खेल खेलेका छन् । दुवै हुँदा १७० खेल भारतले जित्दा ९१ खेल हारेको छ । जसमा ६ खेलमा ड्र र १० खेल टाइ भएको छ । दुवै हुँदा भारतको जित ६१.३७ प्रतिशत भएको छ । 

कोरोना भाइरसको महामारीका कारण दुवै खेलाडी साथमा खेलिरहेका थिएनन् । गत २९ जनवरी २०२० मा न्यूजिल्याण्ड विरुद्धको टी–२० मा एकैसाथ देखिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ