- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । विभिन्न लोकतन्त्रवादी संस्थाले प्रतिनिधिसभा विघटनविरुद्ध शनिवार मौन–विरोध प्रदर्शन गर्ने भएका छन् । मुलुकको विषम स्थितिमा चेतनशील नागरिक चुप अग्रसर भई पार्टीगत र गुटगत स्वार्थपूर्ण प्रवृत्तिविरुद्ध तथा जनजीवनका सवाल उठाएर प्रदर्शन गर्न लागिएको ती संस्थाले जनाएका छन् ।
काठमाडौँ उपत्यकामा पेसाकर्मी, ट्रेड युनियनकर्मी तथा व्यवसायीका तर्फबाट मध्यान्ह १२ बजे टुँडिखेल वरिपरि र अन्य जिल्लामा प्रदर्शन गरिने जनाइएको छ ।
प्रदर्शनीमा नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल सांस्कृतिक सङ्घ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा सङ्घ, लोकतान्त्रिक गैरसरकारी संस्था महासङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन, सेन्टर फर डेमोक्र्याटिक इञ्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ, नेपाल प्रेस युनियन, त्रिवि प्रजातन्त्रवादी कर्मचारी सङ्घ, प्रजातान्त्रिक वन प्राविधिक सङ्घ नेपाल, नेपाल कुमाल सङ्घ, लोकतान्त्रिक नेवाःखल र प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक सङ्घले सहभागिता जनाउनेछन् ।