arrow

ट्रेड युनियन काँग्रेस शनिवार नेपालगन्जमा सरकारविरुद्ध प्रदर्शनमा उत्रँदै

logo
सौरभ गिरी,
प्रकाशित २०७७ माघ २३ शुक्रबार
birodh.JPG

नेपालगन्ज । नेपाली काँग्रेसका सबै शुभेच्छुक संस्थाहरूले ७७ जिल्लामा शनिवार विरोध प्रदर्शन गर्ने भएका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेसका सबै १८ वटै शुभेच्छुक संस्थाहरूको विरोध प्रदर्शन अन्तर्गत बाँकेमा पनि ट्रेड युनियन काँग्रेसको नेतृत्वमा प्रदर्शन हुने भएको हो । बाँकेमा काँग्रेसका ७ वटा शुभेच्छुक संस्थाहरूको नेतृत्व ट्रेड युनियन काँग्रेस बाँकेका अध्यक्ष राम बहादुर मल्लले गर्ने भएका छन् ।

शनिवार  ११ बजे बिहान नेपाली काँग्रेस पार्टी कार्यालयबाट सुरु हुने विरोध प्रदर्शनमा शुभेच्छुक संस्थाहरूका नेता-कार्यकर्ता तथा पार्टीका नेताहरूलाई समेत सहभागी हुन अध्यक्ष मल्लले आग्रह गरेका छन् ।

बाँकेमा विरोध प्रदर्शनमा सहभागी हुने शुभेच्छुक संस्थाहरूमा नेपाल शिक्षक सङ्घ, नेपाल प्रजातान्त्रिक प्राध्यापक सङ्घ, डिएलए, नेपाल निजामती कर्मचारी युनियन, नेपाल प्रेस युनियन, नेपाल सांस्कृतिक सङ्घ र नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध २१ वटा सङ्घको सहभागिता हुने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ