arrow

विपी कोइराला सोसलिष्ट इन्टरनेशनलमा इन्दिरा थापा

logo
प्रकाशित २०७७ माघ २४ शनिबार
Indira-thapa.jpg

काठमाडौं। विपी कोइराला सोसलिष्ट इन्टरनेशनल नामक संस्था स्थापना भएको छ। समाजसेवी तथा राजनीतिज्ञ इन्दिरा थापाको नेतृत्वमा संस्था स्थापना भएको हो । थापाको नेतृत्वमा स्थापित उक्त संस्थाको महासचिवमा डा तुल्सी गौतम, सदस्यहरुमा प्राडा जीवराज पोखरेल, डा जयबहादुर टण्डन, वरिष्ठ अधिवक्ता सिताराम केसी, डा राजकुमार राई र हरि प्रसाद ढुङ्गाना रहेका छन्।

कार्य समितिको काठमाडौंमा शनिबार सम्पन्न वैठकले सातवटै प्रदेशमा विपी कोइराला प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको छ। संस्थाकी अध्यक्ष इन्दिरा थापाको अध्यक्षतामा बसेको बैठकले विपी सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा अध्ययन अनुसन्धान गर्ने, पुस्तक प्रकाशन गर्ने, संग्रहालय बनाउने, विपी र समाजबाद सम्बन्धी नीति र विचारलाई गाउँसम्म पुर्याउने निर्णय गरेको छ।

विपी सम्बन्धी विचार र नीति मुलुकालागि अझै अपरिहार्य रहेको हुँदा संस्थागत पहलबाट त्यसलाई अघि बढाउन संस्था स्थापना गरिएको संस्थाकी अध्यक्ष थापाले बताइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ