arrow

टी–१० मा कुशलको डेब्यु, आकर्षक प्रदर्शन 

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
kushal-malla.jpg

काठमाडौं । नेपाली क्रिकेट खेलाडी कुशल मल्लले डेब्यु गरेको टी–१० लिगमा उनी आवद्ध टिम आबुधाबी विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा टिम आबुधाबीले कलन्दर्सलाई २१ रनले पराजित गरेको छ । 

युनाइटेड अरब इमिरेट्स (युएई)को आबूधाबीमा जारी टी–१० लिगमा  कलन्दर्सले टस जितेर फिल्डिङ रोेजेको थियो । टिम आबुधाबीले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा १२४ रन बनायो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले १० ओभरमा पाँच विकेट गुमाउँदै मात्र १०३ रन बनाउन सक्यो । 

कलन्दर्सविरुद्धको खेलमा डेब्यु गर्दै नेपाली अलराउण्डर कुशल मल्लले १२ बलमा १८ रनको योगदान दिए । उनले यस क्रममा एक छक्का र एक चौका समेत प्रहार गरे । 

यसअघिका दुई खेलमा टिम आबुधाबीले मल्ललाई खेल्ने अवसर प्रदान गरेको थिएन । मल्ल शनिबार पौल स्र्टलिङ र लियोनार्दो जुलियनपछि तेस्रो नम्बरमा टिम आबुधाबीका लागि ब्याटिङ गर्न मैदानमा उत्रिएका थिए । उनलाई सातौं ओभरको चौथो बलमा कलन्दर्सका मोहम्मद जिहादले पेभेलियन फर्काएका थिए । 

युएईमा जारी टी– १० लिगमा मल्लका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, सोमपाल कामी र करण केसीले खेलिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ