arrow

ल्होसारका अवसरमा शैलुङमा तीन दिन बिदा

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
bida.jpg

दोलखा । दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ ।

गाउँपालिकाले यही माघ २९ गते देखि फागुन १ गते सम्म सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहले जानकारी दिए ।

गाउँपालिकाका अधिकांश वडामा तामाङ समुदायको बाहुल्यता रहेको छ । ती समुदायले यही माघ ३० गते विशेष पर्वको रूपमा २८५७औँ लाङ म्हे(गाई वर्ग) ल्हो सोनामा ल्होसार मनाउँदै छन् ।

गाउँपालिकाका अध्यक्ष भरत दुलालले हरेक समुदायको सांस्कृतिक रीतिरिवाज पालिकाको सम्पत्ति रहेकोले यसको  संरक्षण र प्रवर्द्धन गर्न सार्वजनिक बिदा दिने घोषण गरिएको बताए ।

बनेपा–काभ्रेपलान्चोकको चौंरीदेउराली गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७औँ लाङ (म्हे) सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँभाले यही माघ २९, ३० र फागुन १ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विनोद घिसिङले बताए ।

सोनाम ल्होसारको प्रवर्द्धन र विकास गर्नु स्थानीय सरकारको दायित्व भएकोले सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए ।
 गाउँपालिकाले गाउँपालिका स्तरीय ल्होसार सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । यसअघि नमो बुद्ध नगरपालिका र तेमाल गाउँपालिकाले पनि ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।



नयाँ