arrow

मारवाडी प्रिमियर लिग क्रिकेट हुने

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
cricket3.JPG

विराटनगर । नेपाल अग्रवाल युवा मञ्चले रु चार लाखको लागतमा आठौँ मारवाडी प्रिमियर लिग क्रिकेटको आयोजना गर्ने भएको छ । मारवाडी समुदायमा अति नै लोकप्रिय रहेको सो प्रतियोगिता आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म विराटनगर महानगरपालिका–२ स्थित शङ्करपुरमा हुने नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष मोहित अग्रवालले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्च, महेश्वरी युवा मञ्च, ओस्वाल युवा मञ्च, नेपाल मारवाडी ब्राह्मण युवा मञ्च र मेंढ स्वर्णकार युवा मञ्च गरी पाँच टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजयी हुने टोलीलाई ट्रफीका साथै रु ४१ हजार प्रदान गरिने छ । दोस्रो हुने टोलीलाई ट्रफी र नगद रु १५ हजार प्रदान गरिने अध्यक्ष अग्रवालले जानकारी दिए । यस्ता प्रतियोगिता नेपाल युवा मञ्चले निरन्तरता दिइरहेको र आगामी दिनमा पनि प्रतियोगिता गराइरहने मञ्चका उपाध्यक्ष प्रदीप अग्रवालले जानकारी गराए ।

प्रथम पुरस्कार रु एक लाख ११ हजार पाउने उद्देश्यले फुटबल प्रतियोगिता पनि गरिने भएको छ । खेलका उपविजेता टीमलाई रु ७५ हजार पुरस्कारसहित शिल्ड प्रदान गरिने छ ।

प्रतियोगिता अवधिभरको सर्वोत्कृष्ट खेलाडीलाई रु १५ हजार, उत्कृष्ट किपर, डिफेन्डर, उत्कृष्ट मीड फिल्ड तथा सर्वाधिक गोलकर्तालाई रु १० हजार पुरस्कार प्रदान गर्नाको साथै प्रत्येक खेलका म्यान अफ द म्याचलाई रु तीन हजार १०० का दरले नगद प्रदान गरिने विराट बुद्ध स्पोर्टिङ क्लबका अध्यक्ष रोहित कोइरालाले बताए ।

  विराट बुद्ध स्पोर्टिङ क्लब विराटनगरले फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । विराट बुद्ध स्पोर्टिङ क्लबद्व्रारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कोइरालाले खेलको माध्यमबाट युवाहरूलाई सक्रिय बनाउन तथा खेलाडी उत्पादन गर्न यस किसिमको खेलको आयोजना गरेको बताए ।

 इन्टर कलेज अन्डर २१ नकआउट फुटबल प्रतियोगिता यही फागुन २८ गतेदेखि सुरु हुनेछ । खेलमा मोरङ जिल्लाभरिका आठ कलेजले सहभागिता जनाउने भएका छन् । फुटबल खेल विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा हुनेछ । प्रतियोगिताको विजेता टिमलाई रु एक लाख ११ हजार नगद र उपविजेता टिमलाई रु ७५ हजार पुरस्कारसहित शिल्ड प्रदान गरिने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ